Posted by: magorkhe1 March 20, 2015
राजखानिको कथा ।
Login in to Rate this Post:     3       ?         Liked by
आजको साझा मा मगले ब्रो ले राज्खानिको कुरा कोट्याउनु भ​एछ ।तेसैले २/४ शब्द हरु लाइ पंक्ति बद्ध गर्ने जमर्को गरेको छु |

पुर्बेलिलाइ यो राजखानि तेति महत्व नहोला तर हामि पश्चिमेलि लाइ अतिनै महत्व छ । पुर्बेलि हरु नवरात्रि, कुल देबता ( कुलायन ) को बेला मात्र बोकाको प्रयोग गर्छ्न । नत्र खसिमै बढि जोड दिएको पाएको छु ।
पशिमेलि ले जति बोको छीप्पिएर आफ्नो उपस्थिति को आभास दिन्छ तेतिनै मुल्यवान हुन्दै जान्छ । तसैले पश्चिम तिर तेति खसिबनाउदैन ।
बोका पकाएको दिन पल्लो घरकोले थाहा पाएन भने के को मासु ख्वाइ भयो र ? राजखानि पकाउने कुरा अनुप ब्रो लाइ तेति थाहा नहोला , मौका परेको बेला मै राखिदीउला युट्युब तयार गरी । 
भेरि भन्नु होला लिङ समेत पकाउने हो ? हैन ब्रो त्यो त प्रेसर कुकरमा घन्टौ पकाउदा पनि अथ्था गर्दैन । कसरि थाहा पाइस भन्नु होला । कुनै बेला झुक्किएर पकाइएछ अनि त्यो चै सानो भाइको भागमा परेछ । चबाएको चबाइ गरे पछि बालाइ देखाउदै कस्तो मासु किनेर ल्यायौ , नत पाकने न चबाउन सकिने । बाले धत्तेरि मात्रै भने अनि आमाले तेस्लाइ भुईमा राख म अर्को चोक्टा दिन्छु भनेकि थीइन कुनै सनिबार्को दिन ।
अनि आज भोलि मुसले हरु छ्यास्छास्ति बगरे भ​एर बसेका छ्न अनि यिनि हरुले बाख्रिलाई बोका बनाएर बेच्छन | 
फेरि भन्नु होला यो गोर्क्खे जे पायो तेहि खोक्छ,  बाख्रिलाई बोका कसरि बनाउन सकिन्छ ? म १४-१५ को थिए होला , बा आमा अनि काका काकिहरुलाइ लिएर औसधोपचार गर्न गोरख्पुर पुगेका थियौ । काका सङ तरकारि किन्न ग​एको बेला लौ खसि मासु लौजाउ भनि बगरेकोमा पुगौउ । काकाले राजखानि भएको मासु देखाउदै त्यो बाट दे भन्नु भयो ।  उस्ले मासु छुनु भन्दा अघि त्यो गुलो तान्न पुगेछु । ए के गर्छ यो भन्दै थिए काका मेरो हातमा भने तुङदुङ्र गुलो मात्रै झुन्डिन्छ । बुझ्नु भो हैन त कसरी बनाइदो रहेछ बाख्रिलाई बोका ?  गाउमा मुखिया बा को राजखानिमा  पहिलो हक लाग्ने हुन्त्यो तेसैले काकालाई त्यो दिन गुलो किन्न पाउदा दिग्बिजयी भएको अनुभब भयो होला ,  काकाले तै गुलो दे भनि किन्नु भयो अनि तेस दिन  गुलोको झोल खायौ । त नभ​एको भ​ए बाख्रिमा परिने रहेछ भन्नु भयो,  मैले सोचे ठुलै काम गरेछु ।

लौ एतिनै हो राजखानिको कथा । सरल बनाउने र बुझ्न सकिने गरि लेख्न लाइ खेश्रा बात सुरु गरेको छु अनि  बेला बेला सुद्दा सुद्दी पनि गर्दै छु  आशा छ यो पल्ट अदृस्य स्याही हुने छैन अनि नबुझ्ने हरु घन खोज्न जानु हुने छैन |

Last edited: 10-Apr-15 06:32 AM
Read Full Discussion Thread for this article