Posted by: Rahuldai March 17, 2015
अमेरिका बस्ने अनि दोहोरो नागरिकता पनि चाहिने ?
Login in to Rate this Post:     2       ?         Liked by
दोहोरो नागरिकता आबश्यक छ वा छैन भन्ने बारे पर्याप्त बहस हुनु जरुरी छ | आबेशमा आएर मन्त्री पड्किने र के के न दोहरो नागरिकता नभएर जिन्दगी नै रोकिए जस्तो गरि चिच्याउने दुवै गलत हुन् | कतिपय देशमा दोहरो नागरिकताको संबैधानिक ब्यबस्था छ | तिनको सकारात्मक र नकारात्मक पक्षको चिरफार हुनु जरुरी छ |

एकहोरो नागरिकतामै त समस्या भएको मुलुक छ हाम्रो देश | ३ देशका नागरिकता भएको मान्छे उग्र क्रान्तिकारी पार्टीका सभासद भएको ( अझ अर्को पार्टीले त सहायक मन्त्री नै बनाएका थिए ) | २९ सालमा नागरिकता लिएका सीमापारिका मान्छे एक मधेस एक प्रदेशका प्रखर नेता भएका छन् |

हामीले यिनै वास्तविकता र भू-स्थितिलाई पनि मध्ये नजर राख्नु पर्ने हुन्छ | तराइमा बस्ने कतिपय असली नेपाली ले नागरिकता पाएका छैनन् भने, सीमापारिका महतो जस्तो नेता पटक पटक मन्त्रि भैरहेका छन् | उत्तर सीमामा बस्ने कतिपयले नेपाली राम्रो संग बोल्न जान्दैनन् र सनाखत हुन नसकेर नागरिकता पाएका छैनन् भने सीमापारिका छट्टु खासा मार्काहरु नेपाली पासपोर्ट मा अमेरिकामा छन् | खुल्ला सीमानाको यो कटु सत्यलाई समाधान नगरी एकहोरो नागरिकताको समस्या त सुल्झिदैन भने दोहोरो नागरिकताको कुरा गर्ने बेला अलि भएको छैन कि ??

हो, नेपाली मनहरु बिदेशी पासपोर्ट बोके नि नेपाली नै हुन्छ , नेपाली माटो र बाटी संग बिशेष सम्बन्ध हुन्छ | त्यसको लागि बिशेष ब्यबस्था गर्नु अर्को कुरो | दोहोरो नागरिकता त्यो पनि भोटिंग राइट समेत दिने हो भने नेपालको राजनैतिक सिमाना नै बदलिन्छ | भारतमा मात्र करिब २० देखि चालिस लाख सम्म नेपालीहरु छन् अझ भानु नेपाली मूलका छन् | दोहोरो नागरिकताले के हाल होला | एकहोरो नागरिकमामा दक्षिणको प्रभुको दलालहरु जता ततै व्याप्त छन् |
कुरो .....!
Read Full Discussion Thread for this article