Posted by: Fuel Tank March 14, 2015
Disturbing image of crime against dalit women
Login in to Rate this Post:     1       ?         Liked by
यो अपराधी मानसिकता भएको मान्छे(हरु)ले गरेको अपराध हो | यसमा बाहुन आर्मी भनेर किन जोडेको? जस्ट वोनडरिंग | कि समाचारले प्रस्ट भनेको हुन पर्यो बाहुनले गर्यो भनेर | शिर्षक भन्दा बाहेक कतै छैन बाहुनले गरेको भनेर |
अब मैले यो कुरा किन निकालेको भने | यसमा सिंगो जातीय प्रणाली नै दोषी छ | भएको जति सबै दोष एउटा उपल्लो बहुन जातीलाई थोपर्नु ठिक होइन |
त्यो word file download गरेर पढें | यस्तो लेखेको छ छोटकरीमा : केहि आईमाई जंगलमा थिए , काउलो टिप्न | त्यहाँ गिरि थर भएका पनि थिए (जो दलित होइनन) | सेनाले हवाई फायर गरेर तर्सायो, छोरामान्छे भागे, छोरी मान्छेलाई सेनाले समात्यो | गिरि थर भएकी १२ बर्षे बालिका पनि समातिएकी भए शायद ति पापी हरुले त्यस्तै गर्थे होलान | यहाँ बाहुनले गरेको अपराध भन्दा पनी बासनाले मातेका नरपिचाशले गरेको अपराध हो यो |
नेपालको कानुनमा अपराध भन्दा सजाँय हलुङ्गो छ | १ करोडको भ्रस्टाचार (अपराध) गरेर १ लाख जरिवाना (सजायँ) तिरे हुन्छ अनि कसले गर्दैन त अपराध | जुन दिन देखि अपराध भन्दा सजायँ ठुलो हुन्छ, त्यो दिनबाट देशमा परिवर्तन शुरु हुन्छ र कुनै दिन अपराधहरु महसुश गर्न सकिने गरी घट्ने छन् |
त्यो दिन नआए सम्म यस्तै हो | एउटाले जातलाई दोष दिएर एकथोक लेख्छ | अर्कोले जातको कारण हैन, तिनको मानसिकताको कारण भन्छ, साझामा हल्लाखल्ला हुन्छ, अनि परिवर्तन जहाँको त्यहिँ |
Read Full Discussion Thread for this article