Posted by: manmeronepali March 11, 2015
नेपाली नौटंकी आईमाई अनि कानुन र समाज !
Login in to Rate this Post:     0       ?        
, २६ फागुन– पेशा पनि कस्तो । बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्धा हाल्ने । प्रतिविवाहको दर हो १२ देखि १५ लाख । यस्तो गरेर एउटी युवतीले अहिलेसम्म सात वटा ग्राहक (दुलाहा) बाट असुली गरिसकिन् । रमाइलो कुरा छ कि, काठमाण्डुको कुनै मन्दिर बाँकी छैन, विवाह गर्नका लागि । अब त उनलाई देख्नेबित्तिकै पुराजी पनि चकित खान्छन् ।

अरु कामले मन्दिर गए पनि पुजारीले सोध्छन्, ‘म्याम फेरि को सँग बिहे गर्न लाग्नु भयो ?’ एउटा होइन, दुईवटा होइन ३१/३२ वर्षको उमेरमा दर्जन बढी विवाह गर्न भ्याइसकेकी छन्, उनले । परिवार पनि यस्ती सन्तानप्रति घृणा होइन, प्रेम गर्छ । किनकी उनकै कमाइमा बाँची रहेका छन्, दाङ जिल्ला टारी गाविसको चन्द्रदेव गिरीको परिवार । यसरी पुरुष फेर्दै विवाह गर्ने र ६ महिना नबित्दै सम्बन्ध विच्छेद गर्दै सम्पत्ति माग्दै हिंड्ने महिला हुन्, सरिता गिरी ।
०१७ वर्षको उमेरमा उनको पहिलो विवाह भयो, ०७५ साल मंसिर १८ गते । दर्जन विवाह गर्दा यिनका झण्डै दर्जन बढी नाम छन् । पहिलो बिहे गोरखा एयरलाइन्समा काम गर्ने रोशन शर्मासँग (नाम परिवर्तन) भएको थियो । उनको नाम सरिता थियो । उनैसँग ६ लाख लिएर काठमाण्डु छिरेकी उनी केही फिल्मका पोष्टरमा पनि देखिइन् । ०६० साल आसपासमा बनेको चलचित्र बज्रपातमा नायकको बहिनीको भूमिकामा अभिनय गरिन् । फिल्म युनिटमा उनलाई ‘कल्पना’ भनेर चिन्थे । दोश्रो चलचित्र निशानामा नाम फेरियो ‘सिर्जना’ बनेर । कुनै समय यी कलाकार सम्पदा गिरीको नामले चिनिन्थिन् । त्यो सम्बन्धलाई त्यहीं पूर्ण बिराम लगाएर यिनले दोश्रो बिहे गरिन् हेटौंडाका सन्तोष दाहालसँग । त्यसपछि नाम फेरेर सिर्जना गिरी भइन् । सन्तोषले जीवन बिताउने बाचा त गरे, तर घरबाट भित्र्याउन इन्कार गरेपछि बाबुसँग अंश लिएर छुट्टै बसे ।
०६५ सालको वैशाख ३० गते विवाह गरे । नागरिकता अर्कै बनाइदिए । उनैले नाम फेरेर ‘सिर्जना’ बनाएका हुन् । १६ लाख अंश लिएरु बाबुसँग छुट्टिएका सन्तोषसँग उक्त रकम उछिट्ट्याइन् । उनी दुबई पुगेको हल्ला चल्यो । सोध्दै खोज्दै सन्तोष तुलसीपुर पुगे । उनकी आण्टी शोभाले सुनाइन् तपाईंसमेत गर्दा ज्वाईं आठवटा देख्न पाइयो । १६ लाख बोकेर दुबई पुगेकी उनले नुवाकोट घर भएका अर्जुन नाम गरेका युवकसँग अर्को विवाह गर्न पुगिन्, दुबईमै । उखान नै ५ ‘१० झापाली, एक स्याङजाली ।’ तर यी दंगालीले स्याङजाका एक युवकसँग विवाह गरेर पैसा धुत्न भ्याइन् । स्याङजास्थित कृष्णगण्डकी–५ का खिमानन्द भट्टराईको नक्साल गैरीधारामा मोटरसाइकल वर्कसप थियो । खिमानन्द पनि मख्ख थिए । फिल्मी हिरोइनसँग विवाह गर्न पाउँदा । उनीसँग पनि पैसा छ्ट्ट्यिाएर फरार भइन् । स्वदेशी मात्र होइन, विदेशी नागरिकलाई समेत पट्याएर अलपत्र पारेकी छन् । दुबई जाँदा पाकिस्तानी नागरिकलाई पट्याउन भ्याइन् ।

त्यतिबेला उनको नाम ‘चाँदनी’ थियो । तीन वर्षअघि मात्र उनी खोटाङका वीरचक्र थापा मगरको तेश्रो श्रीमती बनेर भित्रिइन् । त्यही क्षेत्रमा ६ रोपनी जग्गा थियो वीरचक्रको । ६ महिना नबित्दै सम्बन्धविच्छेद गरिन् । ६ भागको एक भाग पाउने गरी अंश मुद्धाको फैसला काठमाण्डु जिल्ला अदालतबाट भइसकेको छ । फैसला कार्यान्वयन प्रक्रियामा छ । अहिले ३२ वर्षकी भइन् । मन्दिरमा र दर्ता प्रक्रियाबाट विवाह गरेका पुरुषको संख्या दर्जन बढी छ । दैव जाने, दर्ता नगरी विवाह गरेको संख्या कति होला ? कतिको जिन्दगी तहसनहस भयो होला ? नागरिकता दुईवटा छ । ०६६ साल असार १६ गते सिर्जना दाहालको नाममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट लिएकी छन्, पहिला दाङबाट लिएको छँदैछ । उमेर छिप्पिँदै गयो, अहिले कसैले पत्याउँदैन उनलाई । त्यही कारण अहिले पुराना युवालाई ‘ब्ल्याकमेलिङ’ गर्न थालेकी छन् ।


केही वर्ष अगाडिसम्म हेटौंडाका सन्तोषका बुबा विष्णुप्रसादलाई बारम्बार फोन गरी अंश माग्दै धम्क्याउँथिन् । एक दिन विष्णुले फोनमा भनिदिए, ‘हेटौंडासम्म तँ कपडा लगाएर आइज, त्यहाँबाट यता नाँगै आइज, सक्छेस् ? यदि सकिस् भने तँलाई बुहारी मानौंला अनि पुजेर राखौंला ।’ विष्णुले यसरी जवाफ फर्काएपछि अचेल उनलाई ब्ल्याकमेलिङ गर्न छाडेकी छन् । तर, उनले पहिलापटके विवाह गरेको युवकसँग अहिले फोन गर्दै १२ देखि १५ लाख माग्दै धम्क्याउँदै आएकी छन् ।
यसअघि उनीहरुको विवाह दर्ता भएको थिएन । भाडाका केटा ल्याएर उल्टै पिटपाट गर्दा उनको ज्याकेट च्यातिएको थियो । एक रात उल्टै प्रहरीकोमा थुनाइयो र भोलिपल्ट विवाह दर्ता भयो । विवाह दर्ता भएसँगै १५ लाख दिन्छस् कि के गरौं ? भन्दै तारन्तार धाउने गरेकी छन् । तर, के गर्नु नेपालको कानुनी संरचना नै त्यस्तो छ । पुरुषले चाहे कहिले–कहिले महिलाले चाहे तुरुन्तै सम्बन्धविच्छेद हुन्छ । यस विषयमा सरिताले भने सम्पत्तिका लागि विवाह गरेको भन्ने आरोप झुठो भएको भन्ने प्रतिक्रिया दिएकी छन् । १७ वर्षको उमेरमा आफ्नो पहिलो विवाह भएको र दोश्रो विवाह पेपेर म्यारिज मात्रै भएको बताउँदै सोहीपछि आफू फसेको र दाहाल परिवारले आफूविरुद्ध लाञ्छना लगाउँदै हिंडेको उनको आरोप छ ।
Read Full Discussion Thread for this article