Posted by: magorkhe1 March 10, 2015
Are you getting tired of getting tagged in Facebook?
Login in to Rate this Post:     0       ?        
कुनै बेला कसैले व्यंग हानु भएको थियो : सप्ताहान्त को दिन ढिलो उठला गर्ने दिन ६ बजे सेल को घन्टी बज्छ | स्कुले र कलेजका मित्र हुनु हुदो रहेछ: मित्रता निबिकरण नभएको पनि १५-१६ बर्सै भयो होला तर फेसबुकमा भने फ्रेन्डशिप एसेप्ट गरिएको थीइयो | कुरा मित्रता नबिकरण हुने भन्दा पनि किन लाईक नगरेको फोन गर्नुको मुख्य कारण थियो |
हुन सक्छ फेस्बुके मानसिकतामा लाईक गरिदिनु र ट्यागगर्नु र गरिनु उत्तिकै महत्व पुर्ण कुरा होलान | २-४ दिन अघि कसैले फलानो कलाकार को 640K लाइक रहेछ : क्या चर्चित हुनुहोदो रहेछ ?

अझ कति पय त कसले कसले उनको फेसबुक खोलेर हेरे भन्ने पनि हिसाब किताब राखेर बस्छन रे ? नया संस्कार र सोचाई को खेतिपानी र सिचाई हुँदै छ : फेस बुक ह्याक भएको दिन यी बिलियन मान्छे ले त्यो दिन के के गर्लान भन्ने सोचाइ आउछ ?

एउटा कुरा लेखन बिर्सिएछु : मेरी बजै को फोटो लाम्घारेको नातिले ट्याग गरिदिए पछि बजेको सामाजिक प्रतिष्ठा मा आच आएको हुनाले महिनौ घर बाट बाहिर सवारी भएन रे ? धन्न तेस्को गाला चड्काइसेन छ ? 
निल्नु न ओकल्नु बनिएको अवस्थामा के उपाय लगाउने ? 

Last edited: 10-Mar-15 01:23 PM
Read Full Discussion Thread for this article