Posted by: cybernepali March 10, 2015
Login in to Rate this Post:
0
?
नेपाल वायुसेवा निगमले एक महिनाअघि ल्याएको एअरबस कम्पनीको जहाजको मर्मत कार्य भइरहेको निगमले जनाएको छ। निगम प्रवक्ता रामहरी शर्माले सेतोपाटीलाई बताए अनुसार जहाजको बिग्रिएको पार्टस सिंगापुरबाट मगाइएको छ।
हङकङ हुँदै मंगलबार साँझ सो पार्टस काठमाडौं पुगेपछि फेरेर बुधबारबाट उडान नियमित हुनेछ। ‘नेपालमा सामान नभएकाले सिंगापुरबाट मगाउनु पर्यो, त्यसैले ढिला भइरहेको छ’, शर्माले भने।
सोमबार जहाजमा समस्या आएको भन्दै उडान स्थगीत गरिएको थियो। उडान सुरु गरेको १० दिनमै जहाजमा समस्या आएको हो। ‘यति छिट्टै समस्या नआउनु पर्ने हो, खै के भए छ?’, शर्माले भने।