Posted by: Fuel Tank March 8, 2015
महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी
Login in to Rate this Post:     2       ?         Liked by
ओहो, यहाँ त ठुलै चहलपहल पो भाको रैछ | कथा मन पराईदिने नेपाली लाउरे, फन्टुस , पुन्तर, नाज , कर्णाली ब्लुज आदी सबैलाई धन्यबाद र कथा पढ़िदिनुहुने सिम्पीफ्लाई लगायत सम्पूर्णलाई  तपाईंको समयको लागी धन्यबाद | सबै भन्दा पहिले आफ्नो गल्ति स्वीकार्दै कथाको पहिलो शब्द [NSFW]  बनाएको छु | नाज ब्रोको धागोमा पूर्ण रुपमा आधारीत भएको कथा हुनाले त्यो लेख्नु जरुरी नहोला भन्ने मेरो सोच गलत थियो |

श्लिलता र अश्लिलता मा भएको छलफललाई यति मात्र भन्न चाहन्छु : मन्दिरमा कुँदिएका नांगा मुर्तिहरुमा  कला देख्ने हरु पनि हाम्रो समाजमा छन्, त्यसैलाई अश्लिलता देख्नेहरु पनि छन् | भलै मैले सम्राट उपाध्याय जस्तो मिलाएर लेख्न नसकुँला , तर कथामा यौनिक पक्ष हुँदैमा कथा नै भएन भनेर तर्क गर्नु मुर्खता हो |

कथाको यो दोस्रो भागमा नयाँ कुरा Experiment गरेको छु | फिलिममा खेल्ने हेरोनीको कथा पनि फिलिम जस्तै, गीत सहित |


प्रस्तुत छ कथा  महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी को दोस्रो  भाग


“May I bring you something to drink?”  एयरलाईन्सकी सुन्दरी एयर होस्टेसले नाजलाई केहि ल्याउँकि भनेर सोधिन् | झ्यालबाट बाहिर हेरेर बसिराखेको पुन्तरले बीचमा प्वाक्क बोल्यो “या, टु ड्रिंक्स प्लिज, ब्ल्याक लेबल इफ यु ह्याभ इट”

“धोती मुजी फ्री मा पायो भने जहाँ पनि आफ्नो जात देखाईहाल्छ”, मन मनै सोच्यो, फिस्स हाँस्दै समर्थन जनायो नाजले पनि | मान्छेको ज्यानमा बाँदरको टाउको जोडेको जस्तो थुतुनोमा त्यो हाँसो कत्ती सुहाएको थिएन, शायद प्रियंका कर्किजी र नाजको जोडी जस्तै |

एकले अर्कालाई धोति सोचेका थिए त्यसैले बेला बेला हिन्दी र बेला बेला टुटे-फुटे अंग्रेजी बोल्दै गर्दा प्लेनले आधी बाटो काटीसकेको थियो अनि दुबैजना झल्ली भैसकेका थिए |

“टिंग-डिंग” पुन्तरले सकी नसकी आफ्नो ओभरहेडमा रहेको स्वीच थिच्यो | ति सुन्दरी फेरी आईन |

“हमे दो और ड्रिंक्स लाना” झ्याप भैसकेको नाजलाई अब कुनै भाषा ज्ञान थिएन र लाजै पचाएर माग्यो|

“ओ भाई, तुम झ्याप हो गए क्या, ए लड्की तुम्हारी हिन्दि थोडी सम्झेगी?” पुन्तरले धोती ब्रोलाई हिन्दी मै सम्झायो अनि फेरी एयरहोस्टेस तिर हेरेर भन्यो, “टु मोर ड्रिंक्स प्लिज, सेम याज लास्ट वान”

एकै छिनमा दुईवटा रक्सि आईपुग्यो | दुईजनाले एक सासमा भाँडो रित्त्याए | दुवै तिर्खाएका थिए | उनीहरुको तिर्खा मेट्न सक्ने कुनै रक्सि त्यो हवाईजहाजमा थिएन | त्यहाँ सुन्दरीहरु थिए, त्यहाँ सुराहरु थिए, तर पनि सुरा-सुन्दरीहरुका माझ उनीहरु रम्न सकेका थिएनन् | शायद ति केवल सुन्दरीहरु थिए, प्रियंका कार्कीजी थिईनन् | तरै  पनि उनीहरु एकनासले पीईरहे | कारण उनीहरुको नयाँ मित्रता वा प्लेनले दिने फ्रीको रक्सि ? उनीहरु नै जानुन |

“ब्रो, आई थिंक आम् ग’न थ्रो अप्”

******************************************

धेरै पछी पुन्तरको होश आयो | अघि पुन्तरले खाको सबैथोक बाहिर निस्केर नाजलाई छोपेको थियो | नाजले बिस्तारै पुछ्दै र हटाउँदै थियो | यतिकैमा नाजले आफ्नो कम्मरमा बाँधेको फ्यान्नीप्याक बाट टिकट, बोडिंगपास र पासपोर्ट निकालेर सफा गर्न थाल्यो | नेपाली पासपोर्ट देखेपछी पुन्तर आफुँ गलत रहेछु भन्ने थाहा पायो अनि नेपालीमै कुरा गर्न शुरु गर्यो |

“अनि नाज ब्रो, स्टेट्स बस्या कति बर्ष भो त ?” एउटा नेपालीले अर्को नेपालीलाई सोध्ने पहिलो प्रश्न सोध्यो पुन्तरले पनि | पुन्तरले नेपाली बोलेको सुनेर नाज छक्क पर्यो अनि नेपालीमै उत्तर दियो |

“अँ त्यस्तै भयो होला ७ बर्ष जति, स्टुडेन्ट भिषामा आको, डिभी पर्यो अनि यतै बस्दै”

“ओहो ब्रो त क्या लक्की, मेरो पनि H1B भयो” | असाईलम हानेको कुरा भन्न मन लागेन पुन्तरलाई अनी H1B मा लगेर कुरा टुंग्यायो |

We are preparing to land. We will touch the ground in Indira Gandhi International Airport in next 45 minutes. Please remain seated with fastened seatbelt. ” प्लेन भित्र पाईलोटको आवाज गुन्जियो | एकैछिन पछी प्लेनले पनि जमिन छोयो | केहीबेर गुड्यो अनि रोकियो | वरीपरी धोतीका छोरा-छोरीहरु च्याँच्याँ र चुँचुँ गरेर रोई रहेका थिए | सबैजनालाई कसैको नभाको हातारो थियो | प्लेनको ओभरहेड क्यारियजबाट लगेज तान्दै, घिसार्दै, फोनमा हेल्लो हेल्लो गर्दै थिए | प्लेन भित्रै धोतीहरुको महान मेला लागेको भान हुन्थ्यो |

************************************

“अनि ब्रोको फ्लाईट कति बजे छ नि नेपालको ?”

“ए, मेरो साथीहरु यहीं डेल्ही मै छन्, आज यतै बस्छु होला, पर्सि तिर जानु पर्ला नेपाल, अनि ब्रो को नि ?”

“मेरो पनि त्यस्तै त्यस्तै|”

**************************************

आज यतै डेल्हीतिर बस्ने भनेपछी असाईलम हानेको पुन्तरले आफ्नो ब्याग क्लेम गरेर बाहिर निस्क्यो | एउटा होटेलमा पसेर एक कप चिया मगायो | खोल्तीबाट मार्लबोरो चुरोट निकालेर सल्कायो | लामो सास लियो अनि आकास तिर फर्केर मोटो धुवाँको मुस्लो फ्याँक्यो | मन मनै कल्पना गर्यो आफ्नी प्यारी प्रियंकासंग बिताउने पलहरुको | ओहो प्रियंका म तिमीलाई नै भेट्न आउँदै छु | पुन्तरको मन एकै छिनमा जिपमा चढेर दिलिप रायमाझी जस्तै नाच्न थाल्यो, अनि गाउन थाल्यो “माया नै माया छ तिम्रो नाउँमा, तिम्लाई भेट्न आउंदै छु तिम्रो गाउँमा”

गीत सकिए पछी पुन्तर झस्कियो | वरीपरी हेर्यो सबै धोती नै धोती | खोल्तीमा हात हाल्यो | अमेरिकाबाट इन्डियासम्म आएको कागजहरु निकालेर च्यात्यो | भुईंमा फ्याँक्यो | अनि एयरपोर्ट भित्र जान फनक्क घुम्यो | उताबाट आउंदै गरेको मान्छे संग उसको कुईनो ठोक्कियो | टाउको उठाएर हेर्यो |

“ए ब्रो पो ?” नाजको हातमा इन्डियासम्म आएको टिकट र बोडिंगपास च्यातिएको अवस्थामा थिए |  उसले पनि भुईंमा फाल्यो | दुवै जना आफ्नो आफ्नो च्यातिएको कागजमाथी टेकेर उभिईरहेका थिए | एकअर्कालाई देखेर फिस्स हाँसे | त्यो हाँसोले उनीहरुलाई परेको डिभी र H1B भिसाको खिल्ली उडाईरहेको थियो |

“अनि यसो बसेर चिया सिया खाम न त”  एउटाले प्रस्ताब राख्यो, अनि अर्को सहमत भयो|

चिया र चुरोटको चुस्की संगै उनीहरु बिस्तारै खुल्न थाले| अहिले सम्म तेती सारो नखुल्दै त पुन्तरले नाजलाई आफ्नो रातो टोयोटा हाईब्रिड छ भनेर सय चोटी भानीसकेको थियो होला, अब खुलेर कुरा गर्न थाले पछी के होला ?

“अनि ब्रो, को संग हो तनी डेट?”

“छे यार एउटी, फिलिम सिलीम खेल्छे | लास्ट हट छे | त्यसलाई त एक चोटीमात्रै दिन पाए पनि आरामले मर्थें यार|” सानो होटलको सानो कोठा चुरोटको धुँवाले भरिएको थियो | त्यसैमा झन् धुँवा थप्दै नाजले भन्यो|

आफ्नो अगाडीको धुँवालाई देब्रे हातले पन्छायो, दाहिने हातले चियाको सिसाको गिलास उठाएर एक चुस्की लियो अनि पुन्तरले भन्यो “आई अन्डरस्ट्याण्ड ब्रो, मेरो कथा पनि त्यस्तै त्यस्तै हो | त्यसलाई त सम्झिंदा पनि ठिनिनी भएर आउँछ |” दुईटा ब्रोहरु कुरा गर्दै थिए, “usual guys things” बारे | अनि अझै थप्यो पुन्तरले “हस्ते त कति दिईयो दिईयो, उसैको नाममा | हातको रेखाको डामै परिसक्यो होला त्याँ ”

“खै म हेरेर भन्दीहाल्छु नि #नोहोमो है फेरी”

“हाहा ब्रोको हिरोनी गर्लफ्रेन्डले मार्ली नि फेरी आफ्नो ब्वाई फ्रेन्डलाई गे बनाईदियो भनेर”---- धुँवाले भरिएको कोठाबाट हाँसोको गुन्जाहट मात्र सुनियो |

“ब्रो, हाईब्रिड चलाउने तिमी त यसै पनि गे हो नि, शी वोन्ट ह्याभ हार्ड फीलिंग्स”— झन् ठुलो हाँसो गुन्जियो |

**********************************

प्लेनले नेपालको जमिन छोयो| एयरपोर्ट भित्र भित्ताहरुमा ४० इन्चका रंगीन टिभीहरु टाँसिएका थिए | तिनमा कहिले एयरपोर्ट सम्बन्धि सुचनाहरु देखिन्थ्यो भने कहिले नेपाली गीतहरु बज्थ्यो | अध्यागमनको कामका लागी लाईनमा बसेको आधी घण्टा पनि उनीहरुका लागी पचास बर्ष भन्दा कम थिएन | त्यो भित्ताको टिभीमा नेपाली गीत बज्दै थियो अनि दुबैका आँखा त्यहाँ पुगे | लाईनमा उभिंदै झुल्दै त्यो गीत हेर्न थाले दुबैजना | भएको एउटा जीवन, त्यो जीवनको पनि एउटा मात्रै बैंश | अनि त्यहि बैंशको आधा भाग त धोतीको ग्यासटेसनमा घण्टा हानेर खेरा गयो | अब बाँकी रहेको अलिकती बैंशमा त्यस्ती राम्री अप्सरा जस्ती गर्लफ्रेन्ड | पुग्दो कुरो थिएन | अनि टिभीमा पनि त्यहि भन्दै थियो “मलाई पुगेन पुगेन यो बैंशले”

 
अध्यागमनको सबै काम सकेर झोला सोला गुड्किनी ट्रलीमा हालेर उनीहरु बाहिर निस्के | पर प्यारी प्रियंका कार्कीजी उनीहरुको पर्खाईमा बसीरहेकी थिईन | कार्कीजीलाई साथी दिन आएकी उस्तै राम्री, उस्तै प्यारी, केकी अधिकारीजी उनको छेवैमा थिईन |

आखाँको ईशाराले देखाउंदै नाजले भन्यो “ब्रो, मेरो हिरोनी गर्लफ्रेन्ड” | दुइटी हिरोनीहरु अगाडी उभीरहेका थिए |

“माईन टु ब्रो | हामी पनि साथी, उनीहरु पनि साथी रैछन है |”

“हिरोनीहरु हो ब्रो हिरोनीहरु, एउटै फिल्डमा भए पछी साथी हुँदैनन् त ? कस्तो लम्फु कुरा गर्या होला |”

उनीहरुलाई एउटा रातो गाडी कुरेर बसिराखेको थियो| आफ्नो लगेजहरु डिकीमा राखे | पुन्तरको एउटा झोला अटेन| अनि फेरी पुन्तरले सुनायो, “मेरो गाडी भाको भए सबै अट्थ्यो , कस्तो स्पेसियस छ मेरो हाईब्रिडको ट्रंक”

अलि पर रोयल ईनफिल्डमा चढेर एउटा केटाले यो सबै हेरी राखेको थियो | त्यस्तै २५-२६ जतीको केटो, छोटो कपाल ठाडो पारेर जेल लगाएको थियो अनि हेल्मेट चै ऐनामा झुन्ड्याएको थियो | कालो चस्मा अनि घाँटीको  बरबेरी बुट्टा भएको गलबन्दी मुखसम्म आएर छोपेकोले अनुहार प्रष्ट थिएन |  लेदरको ज्याकेट, घुँडामा वाश गरेको जिन्सको पाईन्ट अनि ज्याकेटसंग रंग मिल्ने छालाको जुत्ता | केटो ह्याण्डसम थियो, कुनै फिलिमको हिरो जस्तै | छालाको हाफ पन्जाबाट निस्किएका औंलाहरुले मुख छोपेको गलबन्दीलाई तल झारेर केटाले बोलायो “केकी..”

“ए, उ त आईसकेछ, म गएँ है” यती भनेर केकीजी त्यो केटाको मटरसाईकलमा चढीन् |

अब एउटी मात्र हिरोनी बाँकी थिईन र दुईटा केटाहरु | केहि नबोली नाज र पुन्तर एकअर्कालाई हेर्दै थिए |

आफ्नो कोईली जस्तै मिठो बोली फुटाईन् प्यारी कार्किजी ले, “थकाई लाग्यो होला, दुवै जना गएर आराम गर, भोली केकी र फियुल ट्यांकको जोडी संग हामी सबै ह्यांग आउट गरौंला |”

क्रमश ..............


Last edited: 09-Mar-15 12:03 AM
Read Full Discussion Thread for this article