Posted by: cybernepali March 7, 2015
Indian aid arrives to remove Turkish jet from Kathmandu airport
Login in to Rate this Post:     0       ?        

दुर्घटनाग्रस्त टर्किस विमान पार्किङमा, विमानस्थल साढे सात बजेदेखि खुला


चौविसै घन्टा सुचारू

टर्किस एयरलाइन्सको विमानलाई पार्किङमा राखेपछि अहिले साढे सात बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान सुचारू हुने भएको छ।
 
यसअघि पटक-पटक गरी साँझ ६ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल राति १२ बजेसम्मका लागि पनि लम्ब्याइएको थियो। यद्यपी विमान पार्किङमा राखिएकाले अब एयरपोर्टमा कुनै अवरोध नभएको विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिए। 
 
चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गरिने भएको छ ।
 
करिब ५/६ फिट गहिरो खाल्डोमा भासिएको विमानको अगाडिको भाग विशेष ब्लाडरले उचालेर जहाजलाई १०० मिटर पछाडि तानेर रनवेमा पुर्‍याइएको थियो।
 
शनिबार दिउँसो विमानस्थलले पत्रकारहरुलाई पहिलो पटक घटनास्थलसम्म पुर्‍याएको थियो। विमान भासिएको खाल्डो पुरीसकिएको छ भने जहाजको अघिल्लो भागलाई एउटा ट्रकमा राखिएको छ। 
 
विमानले क्षति पुर्‍याएका रनवेका लाइट लगायतका अन्य प्राविधिक कुरा सबै मर्मत सम्भार गरिसकेको विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिए। 
 
‘अब जहाजलाई पार्किङस्थलसम्म लिनमात्रै बाँकी हो‘, चुडालले भने ‘त्यसपछि विमानस्थलको नियमित सेावा सुरु हुन्छ।‘
 
एयरवसका अधिकारी आजै आउने
 
दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान निर्माता कम्पनी एयरबसका अधिकारी घटनाका बारेमा बुझ्न आजै काठमाडौं आउने बताइएको छ।
 
उनीहरुले जहाजमा कुनै प्राविधिक कमजोरी भए नभएको अनुसन्धान गर्ने छन्। दुर्घटनाको कारण एकिन नभएपनि जहाज रनवेको बिचबाट नभई बायाँसाइडबाट ल्याण्डिङ भएको र बायाँ चक्का घाँसेमैदानमा पसेपछि विमानको भार त्यति ढल्केकाले विमान अघिल्लो भागपनि घाँसे मैदानमा भासिएको देखिएको विमानस्थल स्रोतले जनाएको छ।

http://youtu.be/-cIsVwPhGR4
Last edited: 07-Mar-15 08:05 AM
Read Full Discussion Thread for this article