Posted by: ashishme March 3, 2015
र्कीस एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना
Login in to Rate this Post:     0       ?        
काठमाडौं,फागुन २० – टर्कीस एयरको बिमान बुधबार बिहान काठमाडौंमा दुर्घटना भएको छ । ईस्तानबुलबाट काठमाडौंका लागि उडेको विमान बुधबार बिहान ७ः४० बजे विभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

11018602_586658825217_7260931263708118281_n

अवतरणका क्रममा दुर्घटना भएकाले कुनै मानवीय क्षति भने नभएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । विमानमा २२७ यात्रु सवार थिए । उनीहरु मध्ये ४ जना सामान्य घाइते भए पनि अन्य सकुशल रहेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवन्धक पूर्ण चुडालले रातोपाटीलाई जानकारी दिए ।

चुडालका अनुसार विमान रन वेमा अवतरण गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुन पुगेको थियो ।

विमान दुर्घटनाको खास कारण अहिलेसम्म पत्ता नलागेको र यसबारे छानविन भइरहेको पनि चुडालले जानकारी दिए ।

विमान पहिलो पटक अवतरण गर्ने प्रयास विफल भएपछि दुर्घटना भएको हो ।

विमानले ७ बजे अवतरण गर्ने समय भए पनि अवतरण गर्न नसकेपछि विमान अवतरणको दोस्रो प्रयासका क्रममा दुर्घटना हुन पुगेको पनि प्रवन्धक चुडालले जानकारी दिए । विमानले दोस्रो पटक ७ः४० मा अवतरणको प्रयास गरेको थियो ।



दुर्घटनापछि अहिले विमानस्थलमा सबै उडान बन्द गरिएको छ।





तस्बिरः सौजन्य दीकेस मलहोत्राको फेसबुकबाट

10351406_586658810247_9059533466737445914_n
- See more at: http://www.ratopati.com/2015/03/04/213761.html#sthash.3LXz2Pm0.dpuf
Read Full Discussion Thread for this article