Posted by: Rahuldai March 2, 2015
विवेकशील नेपाली भेटघाट २०७२ - टेक्सस
Login in to Rate this Post:     0       ?        
हुन त बिबेकशील पार्टी वा समूहको बारे मा चुनावताका टिप्पणी गरेको थिएँ र एक दिन साझा च्याटमै कुरा पनि गरेको थिएँ |

बिबेकशील पार्टीको जन्म एउटा बैकल्पिक स्वच्छ राजनीतिको पाटोको रुपमा भएको हुन सक्छ तर त्यति बेला नै त्यो समूहमा रहेका केही ब्यक्तीहरुबारे कुरा उठाएको थिएँ | हेर्दा खाँटी राष्ट्रबादी जस्ता देखिने तर राष्ट्रलाई सधैं घात गर्ने केही व्यक्तिहरुको समेत चुरीफुरी देख्दा समर्थनमा एक पाइला पछि सारेको थिएँ |

अर्को कुरो , पार्टीको रुपमा चुनाव लड्न अघि एउटा भरपर्दो आधार बनाएर मात्र चुनाव लड्नु पर्थ्यो भन्ने मेरो सुझाव थियो | चुनाव लड्यो तर कहाँ कहाँबाट लड्यो , त्यसको सामान्य लेखाजोझा त्यै बेला गरेको थिएँ |
बैकल्पिक नेतृत्व दिने उद्देश्यले खडा भएको पार्टीले २-४ सय अझ दुइ चार हजार भोटमा सीमित मात्र भएन त्यसको असर दूरगामी रुपमा पर्न सक्थ्यो | खैर अपराधीहरुको पार्टीलाई बिबेकशीलको भोट कटाई ले असर गरेन |

मेरो सुझाव छ, बैकल्पिक शक्ति हुने हो भने पहिला संगठन बलियो बनाउनु पर्यो , अधार गाउँ गाउँ टोल टोल सम्म पुर्याउनु पर्यो | अरु भन्दा फरक हौँ भन्ने सम्प्रेषण दिन सक्नु पर्यो | मात्र संबिधान दे , भ्रस्ताचारिलाई कारुबाही गर , ग्यास सुलभ गर , एसिड हान्ने लाइ कार्यबाही गर जस्ता नारा लगाउंदै मा केही हुन्दैन | यिनीहरुले गर्छ भन्ने बिश्वास दिलाउने काम नै गर्नु पर्छ , अनि मात्र चुनावमा होम्मिनु पर्छ | सजिलै संगै AAP आपका पार्टी भएको हैन, राता रात ६७ /७० सिट जितेको हैन |

Last edited: 02-Mar-15 02:06 PM
Read Full Discussion Thread for this article