Posted by: BibeksheelNepali February 27, 2015
Login in to Rate this Post:
0
?
हाम्रो राजनीतिक धार (वाद) के हो ? Meritocracy
विवेकशील नेपाली को राजनीतिक धार हो “समयसापेक्ष सुधारमार्ग”
- विवेकशील नेपालीको गन्तव्य भनेको हाम्रै कालमा शान्त र समृद्ध नेपाल बनाउनु हो। त्यहाँ पुग्न हामीले चुनेको मार्ग हो “समयसापेक्ष सुधारमार्ग” जुन सन्तुलन, सुधार अनि समयसापेक्ष व्यवहारिकतामा आधारित छ।
- नागरिक र समाजको कुनै पनि माग सम्बोधन गर्न सर्बप्रथम यी दुई बिच lसह-अस्तित्व, सन्तुलन र सहकार्य चाहिन्छ। संमृद्ध नेपाल बनाउने क्रममा विवेकशील नेपालीले व्यक्ति र समाज दुबैको हितलाई सन्तुलित र सुधारोन्मुख तरिकाले अगाडि बढाँउछ।
- समय अनुसार आउने नयाँ विचार र ब्यबहारको कारण समाज सदैब परिवर्तनशील छ । त्यसैले विवेकशील नेपालीले समय सापेक्ष रुपमा समाजलाई आवश्यक विचार र ब्यबहार परिमार्जन गर्ने बाटोमा लान्छ र आफु स्वयं पनि सो अनुरुप परिमार्जित हुँदै जान्छ।
- विवेकशील नेपाली आम नागरिकहरुको पूर्ण सहभागितामा आधारित जन उत्तरदायी शासन प्रणालीमा प्रतिबद्ध छ। हामीले अबलम्बन गर्ने सिद्धान्त नागरिक सर्वोचता, कानुनी राज्य, अवसरमा समान पहुँच, व्यक्तिगत स्वतन्त्रताका साथ सामाजिक कल्याण र राष्ट्रिय हितबाट निर्देशित हुने छ।
- विवेकशील नेपालीले सु-संस्कृत राजनीतिक व्यवहारको संस्कार आरम्भ गर्दछ। अाफ्नो राजनीतिक चिन्तनलाई नैतिक तवरले व्यवहारमा उतार्नलाई हामी महत्व दिन्छौँ।
Last edited: 27-Feb-15 08:40 PM