Posted by: Fuel Tank February 25, 2015
पृथ्वीको गुरुत्वाकर्षण प्रयोग गरेर बिद्युत बनाउदैछन् नेपाली युवा
Login in to Rate this Post:     1       ?         Liked by
अघिल्लो अनुच्छेद मा : "उनकै शब्दमा गुरुत्त्वबलबाट विद्युत् निकाल्ने काम अहिले ९० प्रतिशत सकिएको छ।"

अनि त्यसको दुई अनुच्छेद पछि " नास्टका वैज्ञानिक सुरेश ढुंगेल पनि त्यहीँ थिए। ‘केसीको काम सफल भए यो ब्रेकथ्रु हुनेछ,’ उनको प्रतिक्रिया थियो।"

९०% सकीएको काम देखेर पनि अझै यो काम सफल हुन्छ कि हुन्न भन्न नसक्ने कस्ता तोरीलाउरे बैज्ञानिक हुन् हाम्रो "सुन्दर शान्त बिशाल" देश नेपालको ?

उनको काम सफल होस्, शुभकामना छ तर यस्तो लेख लेख्ने पत्रकारहरु देखेर आजीद हुन्छु म त | सबै कुरा लेख्न भन्न नमिल्ला तर सामान्य कन्सेप्ट कसरी यो गर्न आँटेको हो हो ग्यान त हुन पर्छ नि पत्रकार ज्यु | अनि के हो यो घर धितो, यो त्यो ? इन्डियन आईडल हेर्दा "मेरी बिमार बुढी मा..." भन्दै भोट बटुलेको जस्तो | चन्दा उठाएको हो ?  
मैले गर्न खोजेको काम यो हो, यसको पछाडी बैज्ञानिक कारण यो हो र यो तरिकाले गरे यो काम सफल हुन सक्छ भनेर जनता सामु आउनु नि, जनताले तिम्रो लिलाम हुन लागेको घर मात्र हैन, लाजिम्पाट दर्बार किन्न पुग्ने पैसा डोनेट गर्ने छन् | के तालको पत्रकार हो कुन्नि ? साईन्स सम्बन्धि लेख रे, सईन्सको "स" पनि छैन |
Read Full Discussion Thread for this article