Posted by: magorkhe1 February 25, 2015
घर कहाँ किन्नु ?
Login in to Rate this Post:     0       ?        
घर किन्ने कुरा राम्रै हो | तर उमेर भयो लौ गरम बिहे भने जस्तो हैन घर किनाई

बाछा बाछी ( छोरा छोरी ) यतै बसे पछि माउ ( श्रीमती ) छोडेर जान मान्दैनन | नेपाल गएर  बस्नलाइ बुढेसकाल ठिक होला नहोला आफ्नो आफ्नो पारिबारिक अबस्थामा  भर पर्छ | अहिले तपाइँ हामीले छोडेर आए जस्तो छैन नेपाल | अहिले भएका ठिटा सबै विदेश अनि भएका हरु पनि फुर्ददै फुर्सदमा पनि बेफुर्सदी ( do not spare time for others even they are unemployed  and stay home father ) छन् | तपाइँ हामि जस्तो ए काका बिरामी भएछ ,  अस्पताल जानछौ  वा कि के किनेर ल्याईदिउ ( हर्लिक्स ) भनि सोध्न आउने छैनन् | 

यो पहिले पनि लेखेको थिए,  भतिज अमेरिका रिटर्न हो : सानो तिनो काममा आखा लागेको छैन बाउले करडौ कामाईदिए अनि अझै कमाउदै छन् के के काम गर्नु पर्यो ? यी अम्रेरिकी रिटर्न का  बडा बा भन्छन " ए हिंड्न माथि खेतमा जाउ कति गाह्रो लगाएछ " , जबाफ आउछ मेरो हो र हेर्न जानु ? बडाबा थप्छन " मेरो पनि कहा होर तेरै   बजैको नाउमा छ" |  यानेकि तेरोबाउको पनि अन्स लाग्छ, त् एक्लो छोरो पाउने आधा तैले पनि होस् " 

अहिलेको समाज यो अबस्थामा पुगेको छ | धेरै लामो समय एता बसेर उता जादा बसाइ सरल र सहज नहोला ? 
Last edited: 25-Feb-15 03:31 PM
Last edited: 25-Feb-15 03:33 PM
Last edited: 26-Feb-15 02:05 PM
Read Full Discussion Thread for this article