Posted by: Fuel Tank February 24, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by
मलाई बिस्वास छ, हाम्री भाउजु त्यस्तो सार्है निस्ठुरी पनि हुनुहुन्निन् भनेर | 

कुनै दिन नाज ब्रोले हस्ते दि राख्या बेला मा फोनको घन्टी बज्नेछ | देख्छ, नेपालबाट फोन आयो | सोच्छ, ह्या बुवालाई पनि कस्तो बेलामा फोन गर्न परेको | दाहिने हातलाई बिस्तारै आराम दिंदै, देब्रे हातले फोनको स्क्रिन स्वाईप गर्छ |
"ह्याल्लो , बा "
"म बा हैन के, मेरो प्यारो बाबा "  सुरिलो स्वर सुनिन्छ |
नाजले उनको स्वर सुन्ने बित्तिकै नचिन्ने कुरो नै थिएन "ए मेरी प्यारी प्रियंका जी पो, सपना त हैन यो ? " 
उनको स्वर सुनेपछी अलि सुस्त भएको नाजको  दाहिने हात ले फेरी आफ्नो गती समात्छ |
"अनि सुन न  तिमि त ट्रेडमिलमा दुगुर्दै हो ?कस्तो स्याँ-स्याँ गरेको ? तिमि बिजी हो भने अहिले पछी फुर्सदमा फोन गर्छु नि |"
"हैन हैन, ठिकै छ नि | ट्रेड मिल  क्यान वेट " , उसलाई आफ्नो प्राथमिकता बारे राम्रो थाह छ र प्रियंका जी उसको प्राथमिकताको लिस्टमा एक नम्बरमा छिन् |
केहि बेर अलबामाका पुराना दिनहरु सम्झिन्दै बित्यो | उनको नबाँधेको कालो कपाल रेशमका धागाहरु झैँ सलल बगेर कानमा राखेको फोन छोप्न आईसकेको थियो | बैंशले उन्माद भएर थाम्न नसकेर पोखिए जस्तो लाग्थ्यो उनको कपाल |  अर्को हातले सर्लक्क कपाल समातेर कानको पछाडी अड्काईन | कानमा माथीबाट लस्करै  राखिएका मोतीका दानाहरु घाममा अईना झैँ टल्किएका थिए | अनि उनले भनिन, " सुन न, तिमि टाढा भएको मलाई त मन नै पर्दैन , भेट नभएको पनि कति धेरै भै सक्यो | मिलाएर आउ न नेपाल , डेट जाउँ |"

***********************
त्यो दिन नाजको क्युब खाली थियो | कुर्सी खाली थियो | काम गर्ने  टेबलमा खाली थियो |   टिम मेनेजरको टेबलमा राखेको फोन को घन्टी बज्यो | 
"हे, दिस इज नाज , सरी आई कान्ट मेक ईट, फ्यामिली इमरजेन्सी | गोईंग ब्याक टु माई कन्ट्री |"
"तो फिर अंग्रेजीमे क्या मा -चुदा रहा हे |" धोती टिम मेनेजरले बोली सक्न नपाउंदै फोन टुं-टुं -टुं- टुं गर्यो |

************************
खारीएको बोकोले बाख्रीको बास्ना पाउँदा झैँ गरेर नाज एक सासमा बोस्टनको लोगन एरपोर्ट पुग्यो र टिकट काट्यो | सेक्युरिटी चेक सकेर प्लेन भित्र बस्यो | सिट नम्बर हेर्यो | संगैको सिटमा धोती जस्तो मान्छे बसी राख्याथ्यो |
 नाज हेर्दै खेरी बाँदर जस्तो देखिन्थ्यो | 
सामान्य परिचय भयो |
"हाई, आई एम नाज, सो एक्साईटेड म्यान, गोईंग फर अ डेट"
बस्ने मान्छेले सोच्यो,यस्तो बाँदर जस्तो मान्छेलाई कसले डेट गर्ने होला अनि अनुहारमा नक्कली खुशी निकालेर भन्यो : "हे द्याट्स एक्साईटिंग | आई एम गोइंग फर अ डेट टु | बाई द वे आई एम पुन्तर, "


क्रमश : .......
कमेन्ट लेख्छु भनेर लेखेको लेख्दा लेख्दै कथा पो होला जस्तो छ |

Read Full Discussion Thread for this article