Posted by: magorkhe1 February 23, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
लामो समय सम्म संयुक्त परिवारमा बसियो | दुइ दाइ हरु मधेस छिर्नु अघि माथि डाडाको भाषा स्कूल जान्थ्यौ | हाम्रो घर माथि हजुरबाका २ ओटा घर बीच एउटा ठुलो आघन थियो : तेही बिचो बीच हिडेर जान्थ्यौ भने २-३ ओटा ढिस्काना उक्लेर जानु पर्थ्यो ( आधा कप चिया यिनै हजुरबाको कथा हो : आधा मात्र लेखेको छु ) यो अलिक छोटो पर्थ्यो |
दाइहरु घरबाट निस्कदा त हैन तर स्कूल बाट घर फर्कदा कहिलेकाही बोस्ता बोकाउदथे | तीनजनाको पाटि बोक्दा भारिनै हुन्थ्यो : एकदिन त्यो ढिस्कनो बाट ओर्लदै थिए , बोस्ताले मलाइ तान्यो , म चाहि दुवै दाइ हरुको बोस्ता माथि बझारिना पुगे दुवै पाटि झर्याम झुरुम भए | आफ्नो पाटि भने सहिसलामत थियो | दाइहरुलाई भने लडेर फुट्यो भने तर फुटेको टुक्रा भने यस्तरी लुकाए कि उनीहरुले जति खोजे पनि भेट्टाउँन सकेनन | दाइ हरु भने मैले बोक्नु परेको हुनाले लुकायो भन्नेमा परे , फुटेको कुरामा बिस्वास गरेनन , गरुन कसरि उनीहरुको मात्रै फुटेको छ ! पोल लगाए पनि उल्टै गालि खाए दाइ हरुले || पछि काकाले टिनको पाटि किनिदिनु भयो|
Read Full Discussion Thread for this article