Posted by: Fuel Tank February 22, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
गोर्खेको कथा कति मिठो | सम्झना हरु जति बाँड्यो उति मिठा हुन्छन | आफ्नो कथा यहाँ बाँडेर यो धागोलाई गुण पो लगायो त हो गोर्खे ले | हाम्रो घरमा पनि एउटा रातो (फिका रातो) रंगको कुकुर थियो, अनि त्यसको नाम चै भक्कु थियो | भक्कुको कथा पनि लेख्ने छु कुनै दिन |
" हामीले आमा भनि लाडिलो हुन् पाएनौ", च्वास्स घोंच्यो | आमा जहाँ हुनु भए पनि राम्रै ठाउँमा हुनुहुन्छ |अरु साथीहरुको पनि कथा भए निस्फिक्री बाँडु है |
थाने दाईलाई मिठो टिप्पणीको लागी धन्यबाद |
लाउरेमित्र, म त्यस्तो भर्खरको पनि छैन | मेरो उमेरको लगभग आईडीया दिन्छु है त | म १७ -१८ बर्षको हुँदा पहिलो चोटी मोबाईल फोन देखेको | त्यो बेलामा ठुल्ठुला साहुहरुको पोस्ट पेड हुन्थ्यो, प्रिपेड त थाह पनि थिएन | अब आफ्नो अनुभब संग दाँजेर हेर्नु, मेरो उमेरको लगभग पत्तो हुनेछ | अनि यी सम्झनाहरु धमिलिंदै गएका छन , यिनलाई ताजै राख्न यी कथाहरु लेखेको छु | बिर्सेका कुराहरु बा र आमाले सम्झाईदिनुहुन्छ | अनि फेसबुकमा पुराना साथीहरु संग कुरा गर्दा उनीहरुले पनि सम्झाईदिन्छन | जस्तै अहिले गोर्खेको कथा पढेपछी मैले भक्कुको हँसाउने कुरो सम्जें  , एउटा अंक त्यहि हुनेछ :) 
कालीकोपोई,  यो हप्तालाई जन्म दिन बिशेषले नै भाग पुर्याउने छ भनेको थिएँ |  गोर्खे ब्रोको रातेको कथा पनि सुनियो | आज आईतबार, अलिकति फुर्सद पनि छ | सानो कथा लेखेर राखेको छु है |




Last edited: 22-Feb-15 03:15 PM
Read Full Discussion Thread for this article