Posted by: magorkhe1 February 20, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
३-४ बर्सको थिए होला घरमा रातो कुकुर थियो महिना २ महिनामा सिङ्गै कुखुरा टिपेर ल्याउथ्यो( सायद उसलाई मासु खान मन लागेको बेला मा होला ) पछि चितुवाले लग्यो |
बाह्र खरी को सुरुवात थियो : बुबाको मावली भाइ एस एल सी दिएर बसेको बेला हाम्रो मा बस्नु भएको बेला पढाउँनु हुन्थो | म चाहि जति खेर पनि टाउको कन्याई बस्थे अनि काकाले टाउको कन्याई दिने गर्नु हुन्थ्यो | 
द्रिर्घसंका गर्न घर देखि मुन्तिर अर्को गह्रोमा जानु पर्थ्यो ,तेसैको पल्लो पट्टि अम्बक ( अम्बा ) बोट थियो  अनि पाकेर पहेलै भएका थिए | बिहान को खाना खाएको १५-२० मिनेट मात्रै भएको थियो होला , म चै लागे अम्बाको बोट तिर , काका दिर्घसंका गर्न आएका रहेछ " ए कान्छा कता हिडेको " सोधनी भयो , मेरो सोझो जबाफ थियो अम्बा खान | भात को सिता सोज्झिंन पाएको छैन अम्बा खान हिडेको , दिउसो खालास बन्ने सुने पछि खुरुक्क फर्किएको थिए भने मन मनै किन यी टाढाका काकालाई हामिकाहा बस्नु परेको, तेही दिन गइदिए हुन्थ्यो लागेको थियो | 

फुपुकी छोरी सानै देखि मामा घर बासिन : गत बर्ष नेपाल गएको बेला ४/५ घण्टा भोगटे खादै गर्दा उनि संग भएको कुराकानी को एक पाटो यो पनि थियो | हामीले आमा भनि लाडिलो हुन् पाएनौ , अहिले छोरा छोरीहरु जति लाडीलो हुन्छन,  आफुले भन्न नपाएको आमाको सट्टा भर्ना भए जस्तो लागि स्वर्गीय अनुभूति हुन्छ ! 
Last edited: 20-Feb-15 11:56 AM
Read Full Discussion Thread for this article