Posted by: nepalilaure February 10, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        
हुनत यो थ्रेड पुरै सिर्सक को बिसय बाट एकदम टाडा गएको थियो , तैपनि अर्को थ्रेड खोल्नु भन्दा येही 'क्लोज' भै सकेको थ्रेडमा केहि थप्ने ध्रिस्टता गर्दै छु |

सेतोपाटीमा अमित ढकालको एउटा लेख रैछ | तुलनात्मक रुपले तेतिको परिपक्क्वा पत्रकारले तथ्य चै सहि नै राखे होलना -खोजबिन गरेर | लेख लामो छ तेसैले केहि भाग कपि गरेर राखेको छु :

"...... नागरिकताको विषय यो मुलुकमा धेरै अघिदेखि जटिल बनाइएको छ। राष्ट्रियताका 'ठेकेदार'हरुले यो बहसलाई कहिल्यै स्वस्थ र तथ्यपरक बन्न दिएनन्। 'व्यावसायिक' राजनीतिज्ञहरूले पनि नागरिकताको समस्या समाधान गर्न होइन, त्यसमाथि राजनीति गर्न मात्र आफ्नो समय खर्चिए।

धेरै टाढा जानु पर्दैन, २०६२/६३ पछिको नागरिकता राजनीतिलाई नै हेरे पुग्छ।

.............................. टोली गाउँ-गाउँ गएर नागरिकता वितरण गर्‍यो।

कति नागरिकता वितरण भए, कसैले तथ्य हेर्ने दु:ख गरेन। मधेसी नेताहरुले चुनावमा भाषण गरे, 'नागरिकताको हकबाट बन्चित दसौं लाख मधेसीले हाम्रा कारण नागरिकता पाए।'

'राष्ट्रवादी' हरूले टाउको समाए, '४० लाख भारतीयले नागरिकता पाए।'

सिमापारिबाट आएर ४० लाख भारतीयले नागरिकता लिएको कारण संविधानसभा-१ मा मधेसी पार्टीहरुले त्यति धेरै सिट ल्याएको उनीहरुले ठोकुवा गरे।

तथ्य के हो भने, गाउँ-गाउँ खटिएको टोलीमार्फत देशभर जम्मा २६ लाख ७० हजार नागरिकता वितरण गरिएको थियो। त्योमध्ये २५ लाख नागरिकता वंशजका आधारमा वितरण गरिएको थियो, पहाडमा १३ लाख र तराईमा १२ लाख। बाबुको नागरिकता भएका कारण यी २५ लाखले जहिले पनि नागरिकता लिन सक्थे। गाउँमै टोली आएकोले सुगम भयो, त्यति बेला नै लिए।

जम्मा एक लाख ७० हजारले मात्रै १५ वर्ष नेपालमै बसेको प्रमाण र तीन नेपाली नागरिकको सिफारिस जुटाएर नागरिकता लिएका थिए।

......................................... भारतीय पुरूष वा भारतमा घरजम गरेका नेपाली चेलीका सन्तान उदयमान भारतमा अवसर छोडेर किन नेपाल आउँछन्? चीनबाट किन आउँछन्? अरू मुलुकबाट किन आउँछन्?

दोहोरो नागरिकता लिन्छन् भन्ने तर्क हो भने त्यसको उपचार गर्न सकिन्छ। विवाह गरेर आउँदा विदेशको नागरिकता छोडेर आउने व्यवस्थाले दोहाेरो नागरिकताको समस्या झन् हल गर्छ। उताको नागरिकता छोड्नु नपर्दा बरु घुस ख्वाएर विगतमा कतिले नागरिकता निकाले होलान्। वैधानिक रूपले नेपाली महिलाका पतिलाई नागरिकताको हक दिएपछि त्यो विकृति पनि हट्छ।

विशेषगरी तराईमा राजनीति गर्ने कांग्रेस, एमाले र मधेसीदलका नेताहरुको समान चिन्ता छ- 'पारि'का ज्वाईंले नागरिकता पाए भने यता आएर पैसा खर्च गरेर राजनीति गर्छन्, हामी पछि पर्छौ।

कस्तो निकम्मा तर्क हो यो!
.............................................
त्यो त राजनीतिक पार्टी र नेताको समस्या हो। उनीहरुको चारित्रिक कमजोरीको प्रश्न हो। त्यसो त नेपालमै जन्मेर राजनीति गरेका, मन्त्री भएकामध्ये केही सदाबहार विदेशी गुप्तचर संस्थाको हितमा काम गर्छन्, उनीहरुकहाँ सूचना पुर्‍याउँछन्।

विकृति हाम्रा नेता र पार्टीमा छ, अनि त्यसको शिकार महिला किन हुनुपर्ने? महिलाका सन्तान किन हुनु पर्ने? जीवनको सारा सम्भावना र सपना बोकेका युवा, युवती किन हुनुपर्ने? ..........................."

http://setopati.com/bichar/24117/
Last edited: 10-Feb-15 09:23 AM
Last edited: 10-Feb-15 09:26 AM
Read Full Discussion Thread for this article