Posted by: bardiyakonepali February 7, 2015
नेपाल मा महिना बारी खर्च चलाउन कति पठाउनु हुन्छ हजुर हरु ले?
Login in to Rate this Post:     0       ?        
नमस्कार साथी भाइ दिदि बैनी हरु. यो प्रस्न अलि कति कठोर सुनिएला र सबै को आ आफ्नै परिस्थिथि हुन्छ. कसैलाई धन त्यति प्राथमिक बिषय हुदैन कसैलाई धन प्रसस्थ हुदैन तर कुरा मा कुरा. आफ्नु साथी भाई लाइ न सोधेर कसलाई सोध्ने त, हैन र? होइन भन्या हजुर हरु ले नेपाल मा घर मा महिना बारी खर्च गर्न कति जति पठाउनु हुन्छ भन्या. आब कसैको घर जग्गा किन्नु पर्ने होला कसैको ऒखति मुलो गर्नु पर्ने होला, तर यसो सिधा सिधि घर खर्च मात्र भन्नु पर्दा कति जति पठाउनु हुन्छ होला.
ऊता नेपाल को कुरा गर्दा बाबु आमा जीवन भरि जागिर खाएर अवकाश पाएको अवस्था. त्यति धेरै सम्पति त नेपाल मा छैन तर बुबा को काठमाडौँ भन्दा बाहिर (तराई मा ) घर जग्गा भएको आवस्था. दाजु भाई तथा बैनी विह गरेर आ आफ्नु कर्म मा लाग्य छन् तर नेपाल मै छन्.
Read Full Discussion Thread for this article