Posted by: magorkhe1 February 2, 2015
म कसरी फर्किउँ मेरो देश!
Login in to Rate this Post:     1       ?         Liked by
नेपाल फर्कनु  र संबिधान न आउनु संग हाम्रो विदेश बसाइको कुनै तादम्यता / गौड कारण देख्दिन | बिदेसिनलाइ एउटा एउटा बहाना चाहिन्छ |
साह्रा गाउका युबा बिदेशेका छन् : चाड पर्ब देखि स्मसान घाट पनि कुरुवा झैँ बसेको छ ( बोकेर लैजान नसकिने भएर खहरेकै छेउमा दाह संस्कार गर्न थाले )|
गाउमा गाइ गोरु हरुको संख्या घट्दै गयो अनि जनसंख्या पनि कम भएर होला गाउ मैले २०-२५ बर्स अघि छोडेको भन्दा निकै हरियो देखिन्छ | बालि उबज्नी पनि आफुलाई खान पुग्ने भए पुंगे गरि मात्र उब्जन थालियो |

बहाना आफ्ना आफ्ना हुन् : कोहि अमेरिका कोहि अस्ट्रेलिया कोहि युरोप त कोहि खाडि मुलुक र एसियाली मुलुक तिर छिरेका छन् | आफ्नै तराइ पनि खालि भएको छ: उहिले बिहार बात आउथे काम गर्न अहिले हामि उता लागेका छौ : किनकी भारु र नेरु बीच १.६० फरक भएर |

कुराको निचोड : टेम्पु र मिनिबस हरेक पाइलामा पाइने भए पछि को हिडी रहन्छ : यानेकि सुबिधा भोगी भए पछि छोड्न सकिन्न : नेपाल नफर्कने हजारौ कारण देखाई दिन सक्छौ | कारण एक बहाना हजार |

Last edited: 03-Feb-15 08:37 AM
Read Full Discussion Thread for this article