Posted by: cybernepali January 16, 2015
Top 10 well known Nepalis in the US
Login in to Rate this Post:     0       ?        
charchit

नेपालबाट अमेरिका पुगेर आफ्नो कर्मथलोको रुपमा विभिन्न पेसा गर्दै उतै बसेका नेपालीहरु चर्चित व्यक्तिको सूचीमा परेका छन् ।

चर्चित व्यक्तिको सूचीमा परेका यी हुन् :
१) डा. पराग पाठक : गएको अगष्टको अन्तिम साता अन्र्ताष्ट्रिय मुद्राकोषले विश्वको २५ उत्कृष्ठ  युवा अर्थशास्त्रीहरुको नाम सार्वजनिक गर्यो । युवा अर्थशास्त्रीहरुको नाम सार्वजनिक गर्ने क्रममा मुद्राकोषले भन्यो, ‘ यी यस्ता उज्जवल भविश्य भएका युवा अर्थशास्त्रीले भावी विश्व अर्थतन्त्रलाई नै एउटा आकार दिन्छ ।

’ मुद्राकोषले सार्वजनिक गरेको ४५ वर्षभन्दा कम उमेरका २५ जना प्रभावशाली अर्थशास्त्रीहरुको यो सूचीको १९ औं नम्बरमा पाठक परेका छन् । पाठक लाखौं नेपालीहरुको प्ररणाको श्रेत बनेर २०१४ को सर्वाधिक लोकप्रिय अमेरिकन नेपाली बन्न पुगे ।

२) अमृता रेग्मी : जर्जिया राज्यको स्थानीय ९५ क्षेत्रबाट उम्मेद्वार बनेकी अमृता रेग्मीले आफ्नो राज्यभन्दा बाहिर अमेरिका भरी नेपालीमाझ चर्चा बटुलिन सन् २०१४ मा । उनलाई यो निर्वाचनमा सफलता हात नलागे पनि पछिको सम्भावना रहेको बताइएको छ ।

३) खगेन्द्र जिसी : पेसाले अधिवक्ता रहेका खगेन्द्र जिसी सामाजिक कार्यमा पनि सक्रिय छन् । व्यवसायिकरुपमा अधिवक्ता र सामाजिक दुवै कार्यमा यो वर्ष चर्चामा रहे ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नाराका साथ एनआरएन अमेरिकाको सभापतिमा समेत जिसी निर्वाचित भए । न्युयोर्कबाट प्रकाशित ‘सुपरलयर’ पत्रिकाले उनलाई ‘सुपरलयर’ सूचीमा समावेश गर्यो । नेपाली राजनीतिका प्रमुख व्यक्तिहरुसँग सिधा सम्पर्क र पहुँच भएका उनी एनआरएन आइआइसीमा पनि चीरपरिचित नाम हो – खगेन्द्र जिसी ।

४) विष्णुमाया परियार : समाजसेवी विष्णुमाया परियार बोस्टनस्थित इम्पावर दलित वुमन अफ नेपाल (इडीडब्लूओएन) की संस्थापक हुन । उनी नेपाल दलित महिला उत्थान संघ (एड्वान) की अध्यक्ष हुन् । उनले यी संस्थाहरुको माध्यमबाट नेपालका दलित, गरिब र सीमान्तर्कत बालबालिकाहरुलाई विभिन्न कार्यक्रम र छात्रवृत्ति मार्फत  शिक्षा अभियान र महिला सशक्तीकरणका विभिन्न कार्यक्रम चलाउँछिन् ।
५) जीवन तिवारी : अमेरिकको सबैभन्दा पुरानो संस्था अमेरिका नेपाल समाजमा निर्विरोध अध्यक्षमा निर्वाचित भए । अमेरिकाबासी नेपालीहरुको हकहितमा उनका स्वास्थ्य, कर, आप्रवास, सामाजिक मिलनका कार्यक्रमहरु लोकप्रिय भएका छन् ।

उनी अमेरिकी संसदहरुले आयोजना गरेको दीपावली पर्वमा नेपालीहरुको प्रतिनिधित्व गर्दै क्यापिटल हिल मा सहभागी भए । तिवारी ‘सोसियल सर्भेन्टस् अफ अमेरिक’ संस्थाका संस्थापक मध्यका एक हुन् । स्थानीय डेमोक्रेटिक पार्टीमा उनको राम्रो पकट रहेको  र आगामी निर्वाचनमा उनी उम्मेद्वार हुने सम्भावना रहेको बताइन्छ ।
६) आनन्द बिष्ट : नेपाली काँग्रेसको भातृसंगठन नेपाल जनसम्पर्क समितिको २०१४ को महाधिवेशनमा उनी निर्वाचित भए । निकै कडा प्रतिस्पर्धाबाट विजयी भएका बिष्टको नियुक्ति नै विवादमा पर्यो । गुट उपगुटमा रहेको समूहलाई कसरी मिलाएर लैजान्छन उनले अहिले चासोको विषय बनेको छ ।
७) ऋषि ढकाल : क्यालिफोर्नियाका लागि बाणिज्य दूत समेत रहेका ऋषि ढकाल एक सफल व्यापारी हुन् । उनी श्रीपशुपतिनाथ फाउन्डेसन, युएसका विके प्रेसिडेन्ट हुन् ।
८ ) अर्जुनप्रसाद मैनाली : सन्  १९८७ बाट रक्तदान सुरु गरेका मैनालीले हालसम्म एक सय ६ पटक रक्तदान गरिसकेका छन् । ब्लड डोनरर्स अफ अमेरिकाको संस्थापक अध्यक्ष समेत रहेका मैनालीले विभिन्न अनुदान पनि दिने गर्छन । यो वर्षमात्रै रक्तदानको लागि नर्वे पगेर भोलि पल्टै आफ्नो काममा फर्किए ।
९) प्रेमराजा महत : मीठो गाउने, मीठै बोल्ने अनि सबैसँग मिल्ने गायक महत नेपाल सरकारकाका लागि मेरिल्याण्ड र पेन्सिल्वेनियाँ राज्यका महाबाणिज्य दूत हुन् ।
१०) घनश्याम  कार्की : राम्रो जागिर, अमेरिकी राजनीतिमा सहयोगीका रुपमा आफूलाई परिचित गराएका कार्की एनईसीसी र आइएनएलएसको ‘बोट’ सभापतिमा निर्वाचित भए । उनैको प्रेरणाले मैरिल्याण्डमा एक एक उम्मेद्वार स्थानीय निर्वाचनमा उठेपनि प्रारम्भिक चरणबाटै बाहिरिनु पर्यो ।

साभार:नेपाल पाटी

Read Full Discussion Thread for this article