Posted by: magorkhe1 December 28, 2014
आधा कप चिया
Login in to Rate this Post:     0       ?        
भान्छा बाट सुरिलो-लाडिलो स्वर गुन्जियो : चिया पिउनु हुन्छ , सिक्किमे  टेमिको  बनाएको छु अनी आधा कप मात्रै ! यो सिक्किमे चिया पत्ती साधारणतया किनिने चिया भन्दा फरक स्वाद छ : कडा रङ आउँदैन अनी स्वादमा टर्रो पना मिसिएको छ | पहिलो पल्ट् बियर पिउदा कसरी पिउछन मान्छे हरु भन्ने लागेको थियो, पिउदै गए पछी स्वाद जिब्रोमा तासिने रहेछ ठयाक्कै तेस्तै भयो यो चियाको स्वाद पनि , तेसैले उन्ले बिशेष जोड सिक्किमे चियामा दिएको जस्तो लागेको थियो | आजभोली मलाई चिया पिउदा पेटमा हल्का दुखाइ र असजिलोपन महसुस गर्दै आएको छु र यो कुरा उन्लाई पनि थाहा छ म किन चिया पिउदिन भनेर ! तर पनि सोधिन आज | हुन सक्छ एक्लै चिया बनाएर पिउनमा कुनै मजा नभएकोले वा दुध र पानी नपाई फरक भएकोले हो म यो छुट्याउने तिर मेरो दिमाग त्यता तिर गएन तर मेरो बाल्याकालको एघार बाह्र बर्सको हुँदा को मा पुर्यायो |

क्रमश 

Last edited: 29-Jan-15 02:28 PM
Read Full Discussion Thread for this article