Posted by: happylotus007 December 25, 2014
America पनि बस्न मन छैन,Nepal पनि जान मन छैन...
Login in to Rate this Post:     0       ?        
@Atiranjeet: खान बस्न निशुल्क हुन्छ | खान को गुणस्तर पनि अत्यन्तै राम्रो र स्वस्थाबर्धक छ | बस्न को लागि पनि सरल अनि आधुनिक सुबिधाको भवन हरु छन् | निकै नै रमणीय स्थान मा अबस्थित | monastery ko बसाइ समयाबधी आफु मा नै निहित हुन्छ | जस्तै केहि दिन, केहि हप्ता, केहि महिना, केहि बर्ष वा lifetime. तर भिक्षु भै सकेपछि लामो समयको लागि नै भनेर अपेक्षा गरिन्छ, तर बाध्यता र करकाप हुदैन | भिक्षु भएपछि सम्पूर्ण स्वास्थ उपचारको व्यवस्था पनि monastery बाट नै हुन्छ | त्यहाँ बस्नको लागि भिक्षु हुन पनि अनिवार्य छैन | ८ नियम पालन गर्न सक्ने जो कोहि पनि त्यहाँ बस्न पाउछन | ८ नियमहरु --१. प्राणी हत्या गर्दिन २. चोरी गर्दिन ३. sexual activity गर्दिन ४ झुठ बोल्दिन ५. नसालु मादक पदार्थ सेबन गर्दिन ६. मध्यान्न पछि भोजन सेबन गर्दिन ७. नाच गान सिनेमा खेल तमाशा आदि हेर्दिन, मेक up गर्दिन ८. धेरै अग्लो र आराम्दाई बिस्तारामा सुत्दिन |
Read Full Discussion Thread for this article