Posted by: nepalilaure December 23, 2014
के शरणअर्थी को पास्पोर्ट renew हुनुपर्छ?
Login in to Rate this Post:     0       ?        
बिकसित र सुरक्ष्या ब्यबस्था राम्रो भएका देसमा शरण लिएका नेपालीहरु आफ्नो देश बिरुद्ध वा देशको कानुन बिरुद्ध अपराध गरेर देश छोडेका मान्छे होइनन - भुटान सरकारले नेपाली मुलका भुटानीलाई यो बर्गमा राखेको छ, तेही भएर त भुटानमा हुदा सरकारी जागिर खाएका मान्छे हरुको भुटानी-पासपोर्ट जफत गरेर वा पासपोर्ट आफु संगै भए पनि निस्क्रिय गर्दियेर वा नबिकरण नगर्दियेर भुटान सरकारले उनीहरुलाई पासपोर्ट सुबिधा बाट बन्चित गरेको थियो | अनि कतिपय लाइ चौथो मुलुक (भारत बाहेक ) जानको लागि नेपाल सरकाले travel document दिने गर्थ्यो |

तेस्रो मुलुकमा शरण लिएका नेपालीको सन्दर्भ अल्लि फरक छ | उनीहरु वर्तमान राज्यले (कार्यपालिका, न्यापालिका, व्यबस्थापिका है ) आफ्नो सुरक्ष्या दिन सकेन भनेर बिदेशमा शरण लिएका हुन् | उनीहरुलाई नेपाली हुनुको अधिकार कसैले खोस्न सक्दैन - जुन कुरा नागरिकता र पासपोर्टको कागजकै खोस्टाले दिने हो | कसैले भन्ला- तेस्तो विश्वास नभएको राज्य/सरकारले जारी गर्ने राहदानी किन लिनु पर्यो | तर वर्तमान राज्य संग विश्वास नभएपनि नेपाल-देश संगै सम्बन्ध बिच्छेद गर्नु पर्छ भन्ने कुरो जायज होइन | अहिले देशमा ज्यानकै खतरा भएर बस्नै नसक्ने भए पनि भबिस्यमा जब नेपाली राज्य प्रति भरोसा र विश्वास जाग्छ अनि उनीहरु फर्केलन - कमसेकम कसैले येसो भन्यो भने होइन भन्ने आधार केहि हुन्न |

मैले यो सबै भनेर शरण लिने हरुको पक्ष्यमा बोलेको होइन है | मेरा पुराना comments हरुमा अधिकांशले कस्ता कस्ता काइते र नक्कली कारण देखाएर शरण लिएका छन् भनेर बिरोध गरेकै छु | तर शरण दिने देशले अधिकांश नक्कली कथामा विश्वास गरेर दिएकै छ अनि नेपाली-राज्यले पनि ज्यानको सुरक्ष्याको कारणले कसैले पनि बिदेशमा शरण लिन पर्ने अवस्था छैन भनेर कानुनी वा कुटनीतिक माध्यमबाट यो कामलाई निषेध गर्न सकेको छैन \ तेसैले तेस्रो देशमा शरण लिने मान्छेलाई नेपाली पासपोर्टबाट बन्चित गर्ने आधार देखिन मैले |
Read Full Discussion Thread for this article