Posted by: metta December 16, 2014
Nation of Corrupts
Login in to Rate this Post:     0       ?        
संस्थानमा नियुक्ति गर्दा करोड खाएको भन्दै मन्त्रीबाट हटाउन लविङ

प्रसंग वाणिज्यमन्त्री एवं राप्रपा नेता सुनील थापाको हो । उनले हालै मन्त्रालयअन्र्गतका विभिन्न संस्थानमा नियुक्त गरेका थिए । खाद्य संस्थानको जिएममा प्रकाशबहादुर केसी, नेसनल ट्रेडिङमा धनबहादुर बुढा र राष्ट्रिय पारवहनमा किशोरबहादुर कार्कीलाई नियुत्त गरिएको जनआस्था साप्ताहिकमा खबर छ । बुढा राप्रपाका केन्द्रीय सदस्य एवं पशुपति समशेरका विश्वासपात्र मान्छिन भने कार्की सुनील निकट । केसीलाई एक करोड रकम लिएर नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्य मन्त्रीबाट हटाएर कारबाही गर्न अध्यक्ष पशुपतिसमशेरकहाँ धाउन थालेका छन् ।

थापाले आफ्ना नातेदार एवं राप्रपा कास्कीका नेता देवीबहादुर कुँवरमार्फत केसीसँग १ करोड लिएरु पाँच लाख आफूले राकी बाँकी रकम सुनील थापालाई दिएको प्रमाण आफूसँग रहेको ती केन्द्रीय सदस्यको दाबी छ । किशोरबहादुर कार्कीलाई पारवहनमा नियुक्त गरेको विषय पनि विवादित छ । कार्की पार्टीका केन्द्रीय सदस्य हुन् । उनको ठाउँमा दीपक बोहरा, बुद्धिमान तामाङहरुले पदम तामाङको सिफारिस गरेका थिए ।

दीपक वनमन्त्री हुँदा पदमले वन विभागद्वारा बरामद रक्तचन्दन छुटाउन ३० लाख रकम दिएको तर बोहराले रक्तचन्दन छुटाउन नकसँदा पाँच लाख फिर्ता दिए पनि २५ लाख नतिरेको बताइएको छ ।

http://www.onlinekhabar.com/2014/12/218751/

‘भैपरी’ भन्दै सार्कमा यसरी भयो मनपरी

भाडाका गाडीमा करोडौं स्वाहा

परराष्ट्र मन्त्रालयले भारतबाट ५५ वटा गाडी भाडामा झिकाउँदा ३ करोड ९८ लाख ५२ हजार सकिएको छ । सार्कका बेला यति ठूलो रकम भारतले पुगेको छ ।

सभागृहमा २३ करोड स्वाहा

सार्क सम्मेलनस्थलको मर्मतका लागि कात्तिकमा १५ करोड, ७७ लाख ७७ हजार ८ सय २५ रुपैयाँ सिध्याइयो । भदौ र असोजमा ग्यालरी बैठक मर्मत र फर्निसिङका नाममा ७ करोड ५४ लाख निकासा गरिएको थियो ।

पटक-पटक गरेर सभागृहका लागि २३ करोड भन्दा बढी खर्च देखाइएको छ । जबकि २३ करोडमा त्यस्तै नयाँ भवन ठडिन सक्ने विज्ञहरु बताउँछन् ।

http://www.onlinekhabar.com/2014/12/218414/
Read Full Discussion Thread for this article