Posted by: metta December 12, 2014
Nation of Corrupts
Login in to Rate this Post:     1       ?         Liked by

एमबिबिएस छात्रवृत्ति प्रश्नपत्र किनबेच प्रकरण : नेमका सञ्चालक डाक्टर नवीन शर्मा पक्राउ

काठमाडौं— एमबिबिएस प्रश्नपत्र किनबेचमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेम इन्स्टिच्युटका मुख्य सञ्चालक डाक्टर नवीन शर्मालाई पक्राउ गरेको छ। अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीका अनुसार यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा उनलाई गिरफ्तार गरिएको हो।

पक्राउ परेका दलालसँग शर्माको बारम्बार सम्पर्क भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको सुवेदीले बताए। घटनामा संलग्न भएको शंकाका आधारमा अख्तियारले अन्य ८ जनाभन्दा बढीको अनुसन्धान गरिरहेको जनाएको छ।

१२ वर्ष अघिदेखि एमबिबिएस छात्रवृत्ति परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको नेमका सञ्चालक डाक्टर शर्माको घरमा केही दिन अघि अख्तियारले छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको थियो। विद्यार्थीबीच एमबिबिएस छात्रवृत्तिमा नाम निकाल्न नेमको तयारी कक्षा महत्वपूर्ण ठानिन्थ्यो।

एमबिबिएस छात्रवृत्ति छनौट परीक्षाको पश्नपत्र पैसा लिएर 'आउट' गरेको आरोपमा अख्तियारले यसअघि सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। राजधानीको गोल्डेनगेट कलेजका निर्देशक एवं रसायनशास्त्रका अध्यापक देवीराम पाण्डे र अर्थशास्त्रका अध्यापक खेचरनाथ सापकोटा अख्तियारको नियन्त्रणमा छन्। रकम कारोबारमा मध्यस्थता गर्ने डा. प्रभातकुमार कुशवाहसँग कारोबार गर्दा गर्दैको अवस्थामा पाण्डे र कुशवाहलाई आयोगको टोलीले पक्राउ गरेको थियो।

एमबिबिएस छात्रवृत्तिमा हुने अनियमितता रोक्न लागिपरेको अख्तियारले एमबिबिएस छात्रवृत्ति तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटहरु भाइब्रेन्ट र अर्बिटमा पनि छापा मारी अनुसन्धान गरिरहेको छ।

http://nagariknews.com/main-story/story/29383.html

शिक्षामन्त्रीले टेरिनन् संसदीय समितिलाई

काठमाडौं– शिक्षा मन्त्रालयले लिने एमबिबिएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र बिक्री भएकोबारे छलफल गर्न बोलाइएको संसदको सुशासन तथा अनुगमन समितिको बैठक मन्त्री नै नआएपछि स्थगित भएको छ। समितिले छलफलका लागि शुक्रबार शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीलाई बोलाएको थियो। 
बैठक निर्धारित समयमै सुरु भयो। बैठकका लागि उपस्थित सबै शिक्षामन्त्री चित्रलेखा यादवको प्रतीक्षामा थिए। तर अन्तिम समयमा शिक्षा सचिव विश्वप्रकाश पण्डितले मन्त्री नआउने खबर सुनाएपछि बैठक सुरु भए पनि कुनै छलफल नगरी स्थगित भएको हो। समितिले भने मन्त्रीले संसदीय समितिप्रति बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले लिने परीक्षाको प्रश्नपत्र बिक्रीवितरणजस्तो संविदनशील विषयमा धारणा बुझ्न खोज्दा मन्त्रीको अनुपस्थितिले झनै शंका बढाएको समितिका सभापति शेरधन राईले बताए। 'प्रश्नपत्र बिक्रीवितरणमा कर्मचारीकै संलग्नता रहेको खबर सञ्चारमाध्यममा आएका छन्,' उनले नागरिकन्युजसँग भने, 'यस्तो संवेदनशील विषयमा सम्बन्धित मन्त्रीलाई बोलाउँदा अनुपस्थित हुनुले झनै आशंका बढाएको छ।' मन्त्री अनुपस्थित हुनुको कारण सचिवले समेत स्पष्ट दिन नसकेको उनले बताए। संसदको कामभन्दा ठूलो कुनै काम हुन नसक्ने तर्क गर्दै राईले भने, 'संसदीय सर्वोच्चतालाई बेवास्ता गर्ने काम भएको छ। यसलाई समितिले गम्भीर रुपमा लिएको छ।' मन्त्री अनुपस्थित भए पनि मन्त्रालयका सचिवसहितका पदाधिकारी भने समितिको बैठकमा उपस्थित थिए। समिति सदस्यहरुले प्रश्नपत्र बिक्रीजस्तो विषयमा मन्त्रीले नै जवाफ दिनुपर्ने बताएपछि बैठक स्थगित भएको थियो। यसबारे शिक्षामन्त्रीसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन। समितिले मन्त्रालयले नै लिने परीक्षामा प्रश्नपत्र कसरी आउट भयो भन्नेबारे शिक्षामन्त्रीसँगै छलफल गर्ने गरी बैठक बोलाएको थियो। मन्त्री अनुपस्थित भएपछि समितिको बैठक अर्को सोमबार बस्ने भएको छ। प्रश्नपत्र आउट भएपछि गत शनिबार भएको एमबिबिएस छात्रवृत्ति परीक्षा स्थगित भएको थियो। उक्त परीक्षा मन्त्रालयले भोलि लिँदैछ। 
http://nagariknews.com/politics/constitutional-body/story/29374.html
Read Full Discussion Thread for this article