Posted by: metta December 10, 2014
Nation of Corrupts
Login in to Rate this Post:     0       ?        

के हो ३५ किलो सुनकाण्ड ?
गत असार २३ गते प्रहरीले काठमाडौंको तीनकुनेबाट ३५ किलो सुन समात्यो । भीमबहादुर तमाङ, पदम तामाङ र सञ्जय झाको सुराकीमा प्रहरीले सो परिमाण बराबरको सुन समातेको थियो ।

बरामत भएको सुनको १५ प्रतिशत मूल्य बराबर ‘सुराकी कमिशन’ दिने चलन छ । जसअनुसार उक्त सुनको सुराकी गर्नेले सुराकी कमिशनवापत २ कराेड १० लाख रुपैयाँ पाउनुपर्ने थियो ।
तर, प्रहरी नेतृत्वले आफ्नै नाता गोतालाई  नक्कली सुराकी खडा गरेर वास्तविक सुराकीलाई कमिसन नदिएपछि यो काण्ड बाहिर आयो ।

यो पनि पढ्नुस् – तीन वर्षमा २८५ किलो सुन समातियो : प्रहरी


अख्तियारको आलटालपछि लेखाको शरण 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानमा आलटाल र ढिलाइ भएको सुराकीहरुको गुनासो छ । प्रहरीका उच्च अधिकारीबाट ज्यान मार्ने धम्कीसमेत आएको भन्दै  सुराकीहरुले आफ्नो सुरक्षा र घटनामाथि छानविन गरी आवश्यक कारवाही गर्न लेखा समितिमा निवेदन दिएका हुन् ।

सभासद धनराज गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरोका हवल्दार सुरेन्द्र स्वाँर र सुराकीबीच सुराकी कमिसनमा भएको ‘मोलमोलाई’को भिडियो नै संसदमा देखाए । 

त्यसैगरी गुरुङले सीआइबीका तत्कालीन एसपी ईश्वरबाबु कार्की र सुराकीबीच टेलिफोनमा भएको कुराकानीको अडियो पनि संसदमा सुनाए । 

रेकर्डमा एसपी कार्कीले भनेका छन् -‘सुराकी तिमीहरु नै हौ, तिमीहरुलाई कमिशन दिउँला, तर डलरवाला पनि खोज । डलरवाला ल्यायौ भने कमिशन पाउँछौ । म सरुवा मिलाएर काभ्रे वा भक्तपुर आउँछु, अनि सेटिङ मिलाएर काम गर्नुपर्छ ।’

काभ्रेमा सरुवा मिलाएर सेटिङ मिलाउने बताएका एसपी कार्की हाल बारमा एसएसपी पदमा कार्यरत छन्


‘पुलिसका डनहरुले नक्कली सुराकी खडा गरी आफैं पैसा लिन्छ, करोडौं कमाएर बैधानिक बनाउँछन्’ खतिवडाले अख्तियारलाई समेत आरोप लगाउँदै भने- ‘अर्बको फाइल गएपछि अख्तियारमा पनि अडि्कन्छ ।’

http://www.onlinekhabar.com/2014/12/216276/
Read Full Discussion Thread for this article