Posted by: metta December 7, 2014
Nation of Corrupts
Login in to Rate this Post:     1       ?         Liked by
कसले खायो ३५ किलो सुनको सुराकी कमिसन ?

कमिसनवापतको १५ प्रतिशत सुन वास्तविक सुराकीलाई नदिएको भन्दै तीनजना सुराकी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा पुगेपछि यस प्रकरण थप चर्किने संकेत देखिएको छ । समितिले सुनकाण्डबारे जानकारी लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बोलाए पनि आइतबार उनी अनुपस्थित रहे ।

तर, प्रहरीका उच्च अधिकारीहरुले वास्तविक सुराकीको नाम नराखी आफन्त र नातागोतालाई 'नक्कली सुराकी खडा गरेको' सभासदहरुले आरोप लगाएका छन् । 

कांग्रेसका धनराज गुरुङले वास्तविक सुराकीलाई प्रहरीले धम्कि दिएको आरोप लगाए । 'सुराकीलाई प्रहरीले थ्रेट दिएको छ,' लेखा समितिको बैठकमा उपस्थित एआईजी सुरेन्द्रबहादुर शाहको ध्यानाकर्षण गराउँदै उनले भने, 'लागु औषधमा फसाउँछौं, इन्काउन्टरमा सिध्याउँछौं भन्ने गरिएको छ । यसरी टर्चर दिनुभएन ।'

परिवार दलका एकनाथ ढकालले सुराकीको नाममा प्रहरीले व्यापक भ्रष्टाचार गरेको आरोप लगाए ।

एमालेका पशुपति चौलागाईंले सुनकाण्डमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, डीआईजी केशबहादुर शाही, प्रकाश अर्याल, प्रहरी नायव उपरीक्षक ईश्वरबाबु कार्कीलगायतको नाम मुछिएको भन्दै प्रष्ट पार्न आग्रह गरे ।


http://www.ekantipur.com/np/2071/8/21/full-story/399888.html
Read Full Discussion Thread for this article