Posted by: metta December 7, 2014
Nation of Corrupts
Login in to Rate this Post:     1       ?         Liked by

नेपाल दुरसंचार प्राधिकरणको ऐनलाई उल्लंघन गर्दै सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले आफू अध्यक्ष रहेको एपेक्स कलेजका भाइस प्रिन्सिपललाई प्राधिकरणको सदस्यको रुपमा नियुक्त गरेका छन् । गत विहिबार मन्त्रीपरिषद्ले एपेक्स कलेजका भाइस प्रिन्सिपल टीका उप्रेतीलाई नियुक्ति दिइएको छ ।

दुरसञ्चार ऐनको दफा ५ अनुसार पाँच सदस्यीय दुरसञ्चार प्राधिकरणमा अध्यक्षसहित सदस्यहरु सम्बन्धित क्षेत्रमा अनुभवी, प्राविधिक र प्रशासनिक जानकारी भएको, लेखा र लेखापरिक्षण सम्बन्धी अनुभवी तथा दुरसञ्चार सम्बन्धी कानुनी जानकारी भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । तर मन्त्रीपरिषदले बिहिबार नियुक्ति दिएका सदस्य टिका उप्रेतीसंग दुरसञ्चार सम्बन्धी कुनै अनुभव छैन ।


http://www.ratopati.com/2014/11/15/182586.html
http://sajha.com/mobile/info.cfm?threadid=110824&noofposts=4
Read Full Discussion Thread for this article