Posted by: metta December 7, 2014
Nation of Corrupts
Login in to Rate this Post:     1       ?         Liked by
उजुरी सुन्ने समितिले पुछार (तेह्रौं) मा नाम पारेका केदारप्रकाश साउद (मन्त्री एनपी साउदका भाइ) लाई बढुवा गर्दा उनीभन्दा बढी नम्बर भएकालाई अन्याय परेको भन्दै चारजना डीआईजीपीले सर्वोच्च गुहारेका थिए । सर्वोच्चले पुछारका साउदको बढुवा गरी अरुलाई नगर्नू अन्यायपूर्ण त भन्यो । तर सार्क सम्मेलनमा सुरक्षा व्यवस्था प्रभावित हुने भन्दै साउदलगायतको बढुवा बदर गर्नु नपर्ने भन्यो ।

अख्तियारले साउन ३० गते सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई १० लाख रुपैयाँसहित पक्राउ गरी मुद्दा चलायो । सरकारी फाइल अभियुक्तको घरैमा लगेर सफाइको कागज दिएर पैसा बुझ्ने चालिसेभन्दा माथिका कोही तानिएनन् । उनका विभागीय प्रमुख चूडामणि शर्मा केही दिनपछि अर्थ मन्त्रालयको सबैभन्दा सानो सम्पत्ति शुद्धीकरण अनुसन्धानबाट सबैभन्दा ठूलो आन्तरिक राजस्व विभागमा सरुवा भए । चालिसेले विभागमा उजुरी परेकी एक सेवाग्राहीलाई अभियोग तामेलीमा राखेको कागज घरैमा पुगेर दिई उक्त रकम लिएका थिए । 'तामेलीमा राख्ने निर्णय सदर गर्ने उपसचिव जीतेन्द्र बस्नेत नातागोताको फेर समातेर उन्मुक्ति पाए,' अख्तियारसम्बद्ध स्रोत भन्छ, 'त्यसमाथिकाले पनि कुरा मिलाए ।'

http://www.ekantipur.com/kantipur/2071/8/20/full-story/335080.html
Read Full Discussion Thread for this article