Posted by: metta December 7, 2014
Nation of Corrupts
Login in to Rate this Post:     3       ?         Liked by
1. Ganesh Thapa, Constituent Assembly Member
 >57 Crore
 
अखिल नेपाल फुटबल संघका निलम्बित अध्यक्ष गणेश थापाले विदेशबाट प्राप्त सहयोग (जुन राज्यकै सम्पत्ति हो) आफ्नो र परिवारका व्यक्तिगत खातामा राखेर ५८ करोड रुपैयाँ अनियमितता गरेको अर्को सरकारी छानबिन समितिको प्रतिवेदन छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को हकमा पनि देखियो, छानबिनले अध्यक्ष गणेश थापाले ५८ करोड रुपैयाँ अनियमितता गरेको ठहर्‍याउँदा पनि अख्तियार मौन । जबकि उसले १ करोड ४३ लाख रुपैयाँकै घोटालामा क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङसहित १८ जनाविरुद्ध जेठमा मुद्दा दायर गरेको थियो । 'कारबाहीका भागी स्थापित परिवारका परे,' अख्तियारका एक सहसचिव टिप्पणी गर्छन्, 'यस्ता पहुँचवालालाई कारबाही गर्न खरिदार/सुब्बालाई ठिंगुराउन जस्तो सजिलो कहाँ हुन्छ र ।'

2. Subhash Niraula, Nepal Tourism Board
> Crores

पर्यटन बोर्डका निलम्बित कामु प्रमुख कार्यकारी (सीईओ) सुवास निरौलाले पुराणलगायतका घरको धार्मिक समारोहमै ५० लाख रुपैयाँभन्दा बढी सरकारी सम्पत्ति खर्च गरेको सरकारी छानबिन टोलीले ठहर्‍याएको छ ।

पर्यटन बोर्डमा कामु सीईओ सुवास निरौलाले तीन वर्षमा १ अर्ब ८० करोड रुपैयाँ खर्च गर्दा आधाभन्दा बढी रकम दुरुपयोग गरेको निष्कर्ष सरकारी छानबिन समितिले निकाल्यो । त्यही प्रतिवेदनका आधारमा सार्वजनिक लेखा समितिले निरौलालाई निलम्बन गरी विस्तृत छानबिन र कारबाहीअघि बढाउन निर्देशन दियो । आदेशको नवौं दिन बोर्डले निलम्बनको आदेश त दियो । तर मन्त्रालयको चिठी बुझ्नै इन्कार गरेर निरौला भोलिपल्ट अफिस गएर दिनभर 'काम' गरे ।

3. Energy Minister Radha Gyawali
>54 Crore

चमेलियाको ८ सय ४३ मिटर सुरुङ साँघुरिने समस्या समाधान कार्यमा ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले गत असारमा करिब १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ भेरिएसन स्वीकृत गरेको थियो । ठेकेदारका तर्फबाट सहपरामर्शदाता साह/सिल्ट/आइकन जेभीले सिफारिस गरेको उक्त भेरिएसन रकम पीडीडीलाई मूल्यांकन गर्न नदिई सञ्चालक समितिले सोझै स्वीकृत गरेको हो । 

4. Sudip Chandra Shah, TIA Custom Chief
<1 crore 

अवैध सुन चोरी निकासीको मुद्धामा थुनामा रहेका भारतीय नागरिकलाई छुटाउन घुस लिएको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सुदिपचन्द्र शाह र नायव सुब्बा हरिवंश कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

5. Golden Gate International College Director, Devi Ram Pandey
> 1 Crore

Davi-ram-pandey-final

गोल्डेन गेट कलेज परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट गरेको आरोप पक्राउ परेका देवीराम पाण्डे (रातो घेरामा) ।

२१ 

- See more at: http://www.onlinekhabar.com/2014/12/215105/#sthash.KR2UWb3r.dpuf


6. Chief Secretary, Lillamai Paudel let police cadres for the construction of his house.

7. NOT CORRUPTION: Prime Minister Sushil Koirala refuse to give ride to the constituent Assembly member of his party and now he's declared dead.
'यस्तो लापरबाही गरियो, देशको सभासद्को अवस्था त यस्तो छ,' यस्तै दुर्घटनामा परेर सख्त घाइते भएका हजारौं सर्वसाधारण बचाएर पूर्वक्षेत्रमा लोकप्रिय बनेका रोका भन्छन्, 'दुर्घटनाजस्तो गम्भीर घटनामा देशको प्रधानमन्त्रीले यसो गरेको राम्रो भएन, कम्तीमा मानवीय नाताले सहयोग गर्नुपर्थ्यो।' 
http://setopati.com/raajneeti/21055/
http://setopati.com/raajneeti/21080/

http://www.ekantipur.com/kantipur/2071/8/17/full-story/334862.html
http://www.ekantipur.com/kantipur/2071/8/20/full-story/335080.html
http://www.onlinekhabar.com/2014/12/215204/
http://www.onlinekhabar.com/2014/12/215105/
http://www.ekantipur.com/kantipur/2071/8/20/full-story/335077.html
http://www.ekantipur.com/kantipur/2071/8/17/full-story/334863.html

Last edited: 07-Dec-14 11:54 AM
Last edited: 07-Dec-14 11:55 AM
Read Full Discussion Thread for this article