Posted by: funtush December 2, 2014
लुकीछिपी अरुको फोटो खिची अनुशासन सिकाउन खोज्नेहरुले आफैले कहिलेपनि अनुशासन तोढेनन होला?
Login in to Rate this Post:     0       ?        

कुल्चन थालियो सडकको ‘फूलबारी’ (फोटो कथा)

नागरिकले बाटो भुल्दा सडकको स्वरुप बिग्रियो

२०७१ मंसिर १२ गते २३:१७ मा प्रकाशित
 9194  352 
  2

Road Crossing (8)

 १२ मंसिर, काठमाडौं । राजधानीका सडक किनारामा सार्क सम्मेलनका बेला रोपिएका फूल, दुबो र विरुवाहरु सम्मेलन सकिएको भोलिपल्टैदेखि कुल्चन र माड्न थालिएको छ ।

बबरमहलदेखि तीनकुनेसम्म सडक छेउमा रोपिएको दुबो सर्नै नपाई यात्रुहरुले जथाभावी कुल्चन थालेका छन् । सडकमा बाटो काट्ने ठाउँ कुठाउँबाटै मानिसहरुले बाटो काट्न थालेपछि दुबो र विरुवाहरु बाँच्नै नपाई सुक्ने स्थिति देखिएको छ । यात्रुहरुले जतासुकैबाट बाटो काट्दा पनि ट्राफिक प्रहरीले नियन्त्रण गरेको छैन ।

प्रहरीले यसअघि जथाभावी बाटो काट्नेलाई कारवाही गर्ने र केहीबेर नियन्त्रणमा लिने गरेको भए पनि अहिले त्यस्तो कारवाही गर्ने कार्यक्रम नरेको ट्राफिक प्रवक्ता बसन्तराज पन्त बताउँछन् ।

Road Crossing (5)

काठमाडौंको सडक किनारामा राज्यले धेरै रकम खर्च गरेर दुबो र विरुवा रोपेको छ । यसलाई जोगाउन सकियो र विरुवा हुर्किए भने राजधानीको शोभा बढ्न सक्छ । तर, यी विरुवाहरु नहुर्किँदै माडिने खतरा सार्क सम्मेलनको भोलिपल्टदेखि नै बढेको छ ।

कतिपय ठाउँमा यात्रुका लागि बाटो काट्ने ठाउँ राखिएको छैन, जसले गर्दा मानिसहरु कुठाउँबाट दुबो कुल्चेर हिँड्न थालेका छन् ।

तर, सरकारलाई मात्रै गाली गर्ने नागरिकहरुले पनि आफैं सचेत भएर यी कलिला बोट विरुवालाई माया गर्ने हो कि ?

Road Crossing (2)

Road Crossing (3)

Road Crossing (4)

Road Crossing (6)

Road Crossing (7)

Road Crossing (9)

Road Crossing (10)

Road Crossing (11)

Road Crossing (13) Road Crossing (14)

Road Crossing (15)

Road Crossing (16)

Road Crossing (17)

Road Crossing (18)

Road Crossing (19)

Road Crossing (20) Road Crossing (22)

Road Crossing (23)

Road Crossing (24)

Road Crossing (25)

Road Crossing (27)

Road Crossing (28)

Road Crossing (29)

Road Crossing (30)

Road Crossing (31)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

- See more at: http://www.onlinekhabar.com/2014/11/212044/#sthash.OqIxXIvM.dpuf
Read Full Discussion Thread for this article