Posted by: Aamalaa November 20, 2014
मिलन पछिको बिछोड ..किन ?
Login in to Rate this Post:     1       ?         Liked by
मिलन पछिको बिछोड ...किन ?

लामो समय पछाडी आफ्नी बुढीलाई देख्दा कस्तो मज्जा आउने रहेछ | उनको अनुहार देख्ने बित्तिकै तेसै तेसै कहिल्ल्यै नलागेको माया पनि लगेर आउने भन्या | मलाई देख्ने बित्तिकै उनको अनुहारमा आएको चमक अनि ओठमा छाएको मुस्कान कति लोभ लाग्दो | लाग्छ त्यो क्षण सधै भरिको लागि कैद गरेर राखुं |

लामो समय बिहे भएर संगै बसेको भए पनि हप्तौ पछिको त्यो भेट फेरी उही पुरानो दिन हरु जस्तो हुने रहेछ जतिखेर हामि नयाँ नयाँ जोडी थियौं | सानो छोरोले बाबा आउनुभयो भनेर खुसि भएको अनि अर्धान्गीनीले फुरुङ्ग पर्दै भान्छामा मिठो मिठो खाना बनाउदै गरेको दृश्य आहा !!! त्यो काउच , रिमोट अनि एक्स बक्स तिर ध्यान जानै गार्हो हुने रहेछ |

बुढियाले बनाएको मिठो मिठो भोजन गरेपछि , बच्चा लाइ सुतायेपछी व्यग्रताका साथ् उनलाइ पर्खनु मा कति आनन्द आउने | बुढो आउने दिन भनि मेहनतका साथ गरेको उनको त्यो मेकअप आधि घन्टामा पखाले पनि कति लामो समय जस्तो लाग्ने क्या | उनि सबै काम भ्याएर खाटमा आउन नपाउदै झम्टन मन लाग्ने | उनले मेरो छातीमा आफ्नो सिर राखी बस्दा अनि मैले उनको केश राशि खेलाउदै बिछोड अनि माया प्रेमको कुराहरु गर्दा झनै क्या रमाइलो लाग्ने | फिलिमको हिरो हिरोनी भनेको आफुहरु नै हो कि क्या हो जस्तो हुने बाइ | कुरा पछीका हाम्रा प्रेमका कुरा त झन् ओहो के भन्ने अब !!!

येही माया प्रेम बढाउनको लागि भए पनि कहिले काहीं बुढीलाई छाडेर टाढा काममा जानुपर्ने रहेछ | त्यो घर कस्तो घर अनि त्यो सहर कस्तो सहर जसलाई मेरो प्रतिछ्या छैन , जो म बिना अधुरो रहन्न |
Read Full Discussion Thread for this article