Posted by: Bhinazu October 6, 2004
Anybody from Palpa?
Login in to Rate this Post:     0       ?        
एक गाउँमा २ जना किसान थिए। एउटाको नाम हर्के र अर्कोको नाम मन्गले थियो। एक रातको कुरा हो हर्केको गोरु दाम्लो फुकाएर मन्गलेको सागबारीमा पुगेछ । र मन्गलेको साग खाइदिएछ । मन्गलेले थाहा पायो । राती खैलाबैला भो । मन्गले रीसले चुर भो । बिहानै उठेर मुद्दा दिन भनेर अदालत पुग्यो । अदालतमा मुद्दा दायर गर्यो । वकिलहरुले छुट्ट छुट्टै बहास गरे । मन्गले पक्ष १, गोरु राम्रोसित नबाध्ने हर्केको दोष छ। २, अर्काको साग खाने हर्के लुटेरा हो । ३, हर्केले गोरुलाई राम्ररी पराल दिएर नफुक्ने गर्नु पर्थ्यो । हर्के पक्ष १, गोरुको साग खाने पशू अधिकार हो । २, मन्गलेले सागबारी बारेको भए गोरुले साग खान सक्ने थिएन । ३, अझ मन्गलेको घर र सागबारी टाढा भएको भए गोरुले साग काने कुरै आउने थिएन । दुबै पक्षको सुनुवाइ पछि, मुलुकी एैनको पशु महल र बिबिध न्याय सम्बन्धी कानुनहरु अध्ययन गरी, पुराना फेसलाहरुको पनि जाँचबुझ गर्दै अन्त्यमा न्यायाधिशले फेसला सुनाए। मुद्दाको आशय के बुझिन आयो भने हर्के र मन्गले छिमेकी हुन् । उही भिनाजु
Read Full Discussion Thread for this article