Posted by: keziah October 25, 2014
तिहारमा नि तिम्रै याद...
Login in to Rate this Post:     1       ?         Liked by
झ्यल्यैमा दियो अनि झिलिमिली बत्ती
सझिएको छ भुवन्,यो तिहारमा ।
झिर्झिरे र फुल्जडी छ आर्कोपट्टी
लट्ठा छ नयन्, यो तिहारमा ।
सयपत्री , गोदावरी र मखमली सँग
मग्मगाएको छ बन यो तिहारमा ।
निदार मै लगाएर सप्तरग्ङी टिका
रमाएको छ मन ,यो तिहारमा ।
हर्स र उल्लास चाहिन्न धन्
गर्दैछु सयन्, यो तिहारमा ।
तिम्रै याद आउछ झन
अब के गरु बयान , यो तिहारमा ।
Read Full Discussion Thread for this article