Posted by: gairamailo September 30, 2014
कसरि भनु मैले दशैँ मनाको?
Login in to Rate this Post:     4       ?         Liked by
सात वर्ष भो निधारले टिका नलाको
दशैको जमराले टाउको नपाको
आसिक लिन मामा घर नगाको
दक्षिणा गन्दै मन मनै रमाको
अनि कसरि भनु मैले दशैँ मनाको?

खै चचहुइ गर्दै लिंगे पिंग मच्चाको
धागोमा साबदानाको माझा लगाको
दारिवाल धागो छोड भनि खै म कराको
लंगुर्बुर्जा को खाल मा पैसा उडाको
अनि कसरि भनु मैले दशैँ मनाको?

खै आँगनमा बसी आमाले सेल पकाको
तात्तातो सेल खादै तास मा रमाको
बैनीले सयपत्री मालाले घर सजाको
दाई ले खसी काट्न पानि तताको
अनि कसरि भनु मैले दशैँ मनाको?

खै त्यो मन्दिरको घन्टा मैले बजाको
डमरु र बन्दुक किन्दिन बा संग कराको
नया लुगा किन्न बजार तिर धाको
खसीलाई तान्दै सडकमा डोर्याको
अनि कसरि भनु मैले दशैँ मनाको?

दशैँ आयो भन्ने सुन्छु , गैसकेको हुन्छ
पुराना दिनको यादले मन मेरो छुन्छ
ढल्दै गयो उमेर तर मन मा छ तेही
सानो छदाको याद नै लाग्ने रहेछ सहि
आफ्नै इच्छामा बाच्दा पनि मन किन खिन्न?
ए दशैँ लौन मलाई पनि संगै लिएर हिड्न |
ए दशैँ लौन मलाई पनि संगै लिएर हिड्न |

Happy Dashain everyone.
Read Full Discussion Thread for this article