Posted by: magorkhe1 September 25, 2014
दसैं, मासु अनी झोल !
Login in to Rate this Post:     1       ?         Liked by
आज जमरा राखियो साझमा खसीमासु खानु पर्छ भनी काम हिड्नु अघी काटकुट अनी मोलेर राखियो | म र बच्चा ग्रेभी भएको मासु मन पराउछौ भने गृह मन्त्रानीलाई रस नभै हुँदैन| हुन त बसमा चडेर् घर जादा बाटामा खाइने मासु भात् खसिको होस् वा कुखुराको २ चोक्टा मा पाइने त रस भनौ वा झोल मात्रै, त्यो पनि धेरै नै मिठो हुनथ्यो, महगिको बेलाको पैसा तिरेर खाएको ले हो वा स्वाद नै मिठो भएर हो छुट्याउन् सकेको छुईन| 
तर पनि मासु भनेको कबाफ भनौ वा पक्कु मात्रै हो जस्तो लाग्छ | तर आज भने परिने भैयो झोलमा | शायद यो झोल सङ्को झड्का झड्को सानो हुँदाको घटनाले पनि भूमिका खेलेको छ कि ? मेरा ससुरा जि बेगनास ताल तिरका हुन | सासु स्वयम पाक्के भएको हुनाले ससुराज्यु को भोजनालयमा परियो| बुढाले प्रेससर कुकरमा बडो मजाले मरमसला हालेर पकाउदै थिए, खान पाइने भाईयो कबाफ भनेको त अन्त्यमा एक जग पानी खन्याए : शायद मेरी श्रीमतीले पनि एस्तै पकवान को बानी परेको हुनाले होला झोल बिनाको खसिको मासु पनि मासु हुन्छ र त्यो पनि दसैं चाड पर्ब को बेला |
कही पढेको थिए घरमा खाए जस्तो पनि हुन्छ र ? ज्वाँईलाई बडो मान मनितो गरी सासुले मेजमान गराएर सोधिन खान पिन कस्तो भो ज्वाँई ? ज्वाँईले पनि घरमा खाए जस्तो का हुन्छ र भनी प्वाक्क खोकी हालेछ | सासुलाई पर्यो खुल्दुली ! छोरीलाई सोद्धा एकमुठी खोर्सानी राखिदिनु पर्थ्यो भनिन, |

ससुराले  सानो हुँदाको कथा बाच्नु भयो | वहाँ सानो हुँदा कसैको विवाहमा भोज खान बस्दा काबुली काबुली भन्दै आयो रे काउली सुनेर या हाल भनेको फर्सि पो बर्सिन्छ रे , ल खा तेरो काबुली भनी तेही काबुलिको घुएत्रो हानेको अर्कोले लठ्ठी लिएर लखेट्दा का को बिहेको भोज खानु फुपुकोमा गरेर दही चिउरामा दिन बिताइेको कुरा सुन्दा आफ्नो पनि  तेस्तै कथा याद आयो |

बिहेको भोजमा हरेक घरघर बाट जाने क्रममा मेरा बा, काका बा देखी दाजु भाई सबै मधेस छिरेका थिए : घरको प्रतिनिधित्व गर्न गैइन्थ्यो | यो जनै भन्ने कुरा एस्तो बेलामा क्या महत्वपूर्ण हुने ! मेरा बालसखा जो तिनीहरु मद्धे धेरैको ब्रतबन्ध गरेका थिए ठुला बडाको सरहिमा बसेर खाने हुँदा उनिहरुको सान अर्कै थियो| यही मात्रै एक बेला हो जनै लगाएको फाईदा: दिनहु पाठ नगरि खान नहुने : रहमा डुबुल्की मार्दा जनै हराउला भन्ने डर : अन्तरे जन्तरेको मा भुटेको मकै, चाम्रे अनी बेसारको पातमा डामेको रोटी, फापरको रोटा ,  हामीले रमाइ रमाइ खादा जनै फ्यालु फ्यालु हुने : कुरा कस्ले बिर्सियोस र ? 

भतेरमा  आफु भने बाल बच्चा अनी अशिखाधारी सँग बसेर खानु पर्ने , खलो खेत वा बाझो बारीमा लाइन लागेर बसिन्थ्यो | टपरिमा खानु पर्ने : अनी भाग्य कती बलियो छ राम्रो टपरी पाउनुमा तेस्ले जनाउछ बिहे भोज ख्वाइ कस्तो भयो भनेर ! भात् , तरकारी (ताबुली) कालो दाल अनी मासु नै मुख्य पारीकार हुन ,  आफ्नो पालो आउुनजेल चोक्टा सिध्दी सकेको हुन्थ्यो भने दाडुको झोल ट्परिमा पर्न पाएको छैन चुहेर भुई भिजी सकेको हुन्थ्यो | यो एक पल्ट, दोश्रो पल्ट हैन तेश्रो पल्ट् दोहोरिएको हुनाले म ब्रतबन्ध नभैकन कसैको भोज भतेरमा जादिन भनी प्रतिग्या गरे | 
लौ साथी हो दसैं सँग झोलको कथा याद आयो: आझको झोल को स्वाद कस्तो हुन्छ भन्दै नानी छदाको कुरा पोख्दै छु |

Last edited: 25-Sep-14 01:02 PM
Last edited: 06-Oct-14 12:09 PM
Read Full Discussion Thread for this article