Posted by: fucheketo September 20, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     2       ?         Liked by
Altijdgoede- thank you very much for the compliment. Btw is your name dutch ?(All is good?) 
richard10000- Thank you very much, I am trying to publish one .lets see 
Kya jhoor- thank you very much
जहाँ सम्म कथाको कुरा, मैले अहिल्यै कथाको suspense खोल्न नमिल्ने ;)
Thanks to all the readers and the sajhabasis who liked the previous post....Hope u ll like this one too 

रातको निष्पट्टता मा मोवायल वज्यो।"तिमीले त हैन तिम्रा भाका हरुले..."। गरिमा खितित्त हाँसी।

"हैन कति उमेर नपुगि वुढो हुन मन लागेको होला !"

"किन र?" मैले नम्वर हेर्दै गरिमालाई प्रश्न राखेँ।

"कति पुरानो रिंगटोन ?"

हाकिमको फोन रैछ। गरिमाको उत्तर दिन पाइन। मलाई त्यो गित मन पर्छ। असाध्यै मन पर्छ।

"हजुर सर !"

"त्यो सुधाको बारेमा कुरा गर्नु छ !"

मेरा कान चनाखो भए। उसलाई कति चासो सुधाको।वेक्कारमा भनेछु हामीले खोज्नुपर्छ भनेर। पुलिस थाना गयो कि क्या हो हराएको रिपोर्ट लेखाउन! एक दुई दिन त पर्खिउँ भनेको, कस्तो नसुनेको होला।

"भन्नुस न !" मैले आफुलाई सामान्य नै राखेँ।

"मैले बल्ल बल्ल गरेर उसको घर पत्ता लगाएँ।उसको वाउलाई भनेको त जता सुकै जाओस् भनेर फोन पो राख्द्यो ! कस्तो साइको फ्यामिलि होला ! छोरी मात्रै होला भनेको त बाउ पनि उस्तै रहेछ। " उ बोल्न हतारिरहे जस्तो थियो। सुधाको बाउले झपार्दे जस्तो छ। दुइ चार दिन अघि  सुधाको पनि अलि खरो भेटेको थियो एक चोटी! उसको प्रपोजल एक्सेप्ट नभएको झोंकमा । आज बाउको भेटेछ।

म मनमनै हाँसे। वढ्ता जान्ने भएपछि यस्तै हुन्छ।

"सर टेन्सन नलिनु, भेटिन्छे सुधा !" झ्यालबाट छिरेको हावाले डायरीका पानाहरु फेरि खुले। मैले त्यहि डायरीलाई समेट्दै जवाफ फर्काएँ। सुधा त म नजिकै छे। डायरीभरी छताछूल्ल छे। म नजिकै भएर त सुधालाई भेट्टाएको थिइन अहिलेसम्म। कसरी भेट्टाओस् उसले? सिमामा हुँदा त कोहि भेटिन्न, लुकेर कोकुनमा कोहि देखिन्न। पोखिनै पर्छ मान्छे भेटिनलाई त ! फोन राखिदिएँ।

"कस्को फोन हो?" गरिमाले अँगालो हाल्दै सोधी।

"हाकिमको !" मैले उसको हातको मैले लगाइदिएको औँठि खेलाउँदै जवाफ फर्काएँ।खुकुलो भएछ। गरिमा दुव्लाइ जस्तो छ। खै हेर्दा त त्यस्तो देखिन्न।

"अनि !"

"सुधाको बारेमा सोध्न फोन गरेको !"

"अनी डायरीको बारेमा थाहा छैन उसलाई ?" गरिमाले मलाई पुलुक्क हेरी।

"त्यो त मलाई र तिमीलाई बाहेक अहिलेसम्म कसैलाई थाहा छैन।"

"तँपाइ सुधाको स्पेशल साथी हो नि त , त्यहि भएर !" उ फेरि ठुस्किई।

"तिमी फेरि शुरु भयौ हैन ? तैत !" मैले उसको अनुहार तिर हेर्दै गुनासो पोखेँ।

"ल ल पढ्नु सुधाको डायरी, म चिया ल्याइदिन्छु !" उ आफ्नो कपाल रव्वरव्याण्डमा छिराउँदै किचन तिर लागी।

*************** ************** ************************* *********** ************

सुधाको डायरी- पेज ५४

मैले लोलिता सक्काएँ। मन चसक्क भयो। किन दुखद अन्त्य मन पर्छ पाठकलाई। किन ति दुई बिचको मायालाई उपन्यासले सम्वन्ध मात्र बनायो? किन त्यो माया बन्न सकेन? मैले गह्रुंगो भएर त्यो कितावलाई थन्क्याएँ मैले पढीसकेका कितावहरुको चेपमा।छेवैमा धमिरा लाग्न थालेछ। डर लाग्यो, सवै कितावहरु झिकेर टक्टक्याएँ।कुचो लिएर आएँ। सफा गरेँ, अनी फेरि मिलाएर राखेँ। हुन त स्ट्रक्चर्ड चिजहरु मलाई मन पर्दैन। अस्तव्यस्त भएर न जीवन जीवन हो। नत्र त रुटिन भइहाल्थ्यो नि ! तर आज किताव मिलाएँ मैले।

खाना खाइसकेपछि सवैजना आ-आफ्नो कोठामा छिरीसकेका थिए। आज आइतवार टिभि रुम भिँड हुन्छ। कुनै एवार्ड शो छ क्यारे टिभिमा।पाले दाई गेट लगाएर फर्किँदै गरेको देखेँ मेरो झ्यालबाट ।उनलाई म हेरीरहन्छु,ढल्दै गएको जीवन कस्तो हुन्छ भन्ने कुराको नमुना तिनी। गेट वन्द गर्छन् । पचास कदम जति हिँडेपछि सामान्यतय एक चोटी खोक्छन्। सुख्खा खोक्छन्। दमको विराम छ अरे। आफ्नो खल्तिवाट एउटा चुरोट निकाल्छन्। यताउता हेर्छन्। अनि चुरोट सल्काएर धुवाँ फ्यालिदिन्छन् आकाशतिर। अँध्यारोमा धुवाँ देखिन्न। तर परबाटै पनि धुवाँको सन्तुष्टी देखिन्छ उनको अनुहारमा। फोक्सो कालो वनाएर मान्छेले मनवाट सन्तुष्टी लिन्छ।

उनलाई नियालिराखेँ। किन किन एकचोटी चुरोट फुक्न मन लाग्यो। पचास रुपैयाँ को नोट लिएर त्यत्तिकै निस्किएँ वाहिर। चिसो पातलो ट्राउजरलाई छेडेर भित्र छिर्यो।पल्लो कुनाको पर्खालका तिन चार वटा इँटा भत्केका छन् । त्यहाँ बाट हाम फाल्न सजिलो होला। म अँध्यारोले छलिँदै कुना तिर लागे। बाहिर निस्केपछि गल्लिको अन्तिममा पान दोकान थियो। खुलै रहेछ।

****************** *************** ************** ************* ************** **

"चुरोट छ ?" मैले वरीपरि हेर्दै प्रश्न राखेँ।

"कुन वहिनी ?" उ आत्मिय बन्यो। म कसरी उसकी बहिनी भएँ? मलाई सम्वन्धहरु मन पर्दैनन् । तिँ माथी सतही सम्वन्ध। मेरो घृणाको विषय। उसले मेरो ट्राउजर नियालीराखेको मलाई स्पष्ट थाहा छ। पारदर्शी छ। माथिको टि शर्ट पनि। मेरा स्तन परैवाट नाप्न सकिन्छ। हेरोस्। आँखैले सन्तोष लिन सक्छ भने मलाई के मतलव। मैले केहि नगुमाई , उसले केहि पाउँछ भने पाओस्।

"सुर्या लाइट !"

"वहिनी ग्यानकुन्जको स्टुडेन्ट हो ?" उसले पुलिस जत्तिकै इन्क्वाइरी गर्यो। उसको आँखा भने अझै मेरो छातितिर नै थियो। मलाई थाहा छ मेरा उचाई आकर्षक छन्। कहिलेकाहिँ आफ्नै हातले सुम्सुम्याउँदा पनि मलाई रमाइलो लाग्छ।

"हैन ! सलाई पनि दिनु न ल " मैले सटिक उत्तर फर्काएँ। किन साँचो भनुम् म उसलाई।

म चुरोट र सलाई लिएर फटाफट फर्केँ। वालमैँ ढेस्सिएर आकाश हेर्दै धुवाँ उडाएँ पालेदाईले जस्तै। धुवाँले एकैछिन चन्द्रमा पनि धमिलो भयो। तर विस्तारै आफ्नो रुपमा फर्कियो चन्द्रमा। ताराहरु टिलपिल चम्किरहे। ठूटोलाई चप्पलले कुल्चिदिएँ। अनि वाल चढ्न अघि वढेँ। भित्रवाट चढ्न सजिलो थियो। वाहिरवाट सजिलो रहेनछ। चढेर खुस्किन आँटेको ट्राउजर फेरि मिलाएँ। उत्रिने वेलामा मेरो ट्राउजर अड्कियो।

"को हो ?" चिनेको आवाज आयो।

"छायाँ हो ?" मैले सुस्तरी सोधेँ। छायाँ नै हुनुपर्छ। अघि गिटारको आवाज सुनेकी थिएँ मैले।

"को सुधा ? म त डर लागेर झण्डै पाले बोलाको !" उ खितित्त हाँसी ।

"अलिकति हेल्प गर्दिनु न ल !" मैले मेरो अड्केको ट्राउजर देखाउँदै भने। मेरो हातले म अझै वाल नै समातिरहेकी थीएँ। खुट्टा अम्वकको रुखको ठुटामा थियो।

"तिमी भनेर भन्ने भए मात्रै!" उसले कम्मरमा हात राख्दै जवाफ फर्काई।

"ओके , अलिकति हेल्प गर्देउ न प्लिज !"

उसले आफ्नो मोवायल झिकी। मोवायलको प्रकाशमा अड्किएको ठाउँ खोजी।अनि अड्किएको ठाउँवाट ट्राउजर झिकिदई। म विस्तारै तल ओर्लेँ।

"अनि ??? वोयफ्रेण्ड !" उसले कटाक्ष गर्दै सोधी।

"सिगरेट!" मैले टाउको हल्लाउँदै जवाफ फर्काएँ।

"ठिकै हो, वोयफ्रेण्ड भन्दा त सिगरेट नै ठीक !" उ खित्का छोडेर हाँसी। म भने उसलाई हेरीरहेँ।

"अनि अलि अलि गिटार सिक्यौ त ?" मैले पनि मुस्कुराउँदै प्रश्न राखेँ।

"खोइ सुन्ने नै छैन ! इम्प्रुभ भएको कसरी थाहा पाउने !"

" म सुन्छु नि त ! सुनाउँछ्यौ ?"

"तिमीले त अस्ति पनि आउँछु भनेको! आएनौ!"

"भोली चाहिँ आउँछु पक्का !" म कोठातिर जाँदै गर्दा उसलाई हेर्दै जवाफ फर्काएँ।

"यहिँ पर्खिनुपर्ने हो ?" उसले म अड्किएको अम्वकको ठूटो देखाउँदै जिस्क्याई

"हैन, तिँ आउँछु ! तिम्रो गिटार वजेको सुन्ने वित्तिकै !" वाटोमा भएको गुलाफको फुललाई फेरि एकचोटी छोएँ। उ तलतिर लुत्रुक्क झुक्यो। 

Read Full Discussion Thread for this article