Gone crazy- Thanks for such a sweet comment, here comes the next episode
Bhaktey- thank you very much, In fact I was thinking few days before you commented... I am missing one friends comment here ;)
terobau- thank you very much
Thanks to all the readers and who liked the previous posts....
मेरो डायरीमा नभएका मेरा
पानाहरु- सुधा
प्रतिक तिमीले मेरो पहिलो
अध्याय त पढिसक्यौ नै होला। पत्रमाथी पत्र थपेर टाढावाट म जस्तो देखिन्थे त्यस्ती
रहिनछु भन्ने पनि थाहा पाइसक्यौ होला। यी शव्दहरु भने मेरा पानामा छैनन्। मात्र
मनमा छन्। मन सवै पोखिन पनि त मान्दैन रैछ।अचम्मको भरी हुन पनि नमान्ने, पुरै
पोखिन पनि नमान्ने। कहिले छचल्किदिनु पर्ने। कहिले खाली भएकोमा पिर मान्ने।
पहिलो अध्याय भरि तिमी धेरै
ठाउँमा थियौ।तर अव दोश्रो अध्यायमा तिमीले मेरो साथ छोड्यौ। तिमीले चाहेर हैन।
मैले चाहेर पनि हैन। अनि मनले पनि चाहेको हैन। चाहनाहरु सवैभन्दा कमला, निर्धा र
विवश हुँदा रहेछन्। जसले पनि कुल्चिदिन सक्ने। पानीको फोका जस्ता! जस्ले पनि
फुटाइदिन सक्ने। म हुन त समाजसँग लड्न नै चाहने मान्छे। तर खोइ किन हार माने। म
छोड्दिन घर भने पनि त हुन्थ्यो होला। तर मैले त्यसो भनिन। निर्णय अनुसार नै शहर
तिर लागेँ। ठुलो स्कुलमा। मेरो वाउलाई स्वतन्त्रता चाहिएको थियो। उसलाई वाँध्ने
तालाको चावी म। म लाई शहरको कुनामा हुइक्याएपछी त उसले प्रत्येक रात स्वतन्त्रता
भोग्यो होला नि पक्कै पनि !
घरवाट वाहिर निस्केपछिको
संसार अलग्गै रहेछ।अन्जान आफु सवैको सामु आफुलाई चिनाउनु पर्ने। आफूले आँफैलाई नै
चिन्न वाँकी रहेको वेला मान्छे अरुलाई चिनाउन कसरी पो सक्छन् खै। मलाई त एकान्त नै
मन पर्थ्यो। भिँडभन्दा टाढा।
सुधाको डायरी- पेज ४७
नयाँ स्कुल र गर्ल्स
होस्टलको व्लक करिव तिन सय मिटर टाढा थियो। विचमा स्टाफ क्वार्टर। केहि टिचरहरु
वस्थे ।धेरै जसो पाँच वजे पछि कम्पाउन्ड शुन्य नै हुन्थ्यो। उहि साढे सात वजे तिर
खाना खाने वेलामा डाइनिंग हलमा भिँड हुन्थ्यो।मेरो कोठामा दुइ वटा खाट थिए। तर
अर्कि साथी थिइन।म त्यो खाटमा कितावहरु राख्थेँ। लाइव्रेरीवाट पढ्न भनेर लिएर आएका
कितावहरु। कितावको थुप्रोमा आफुलाई हराइदिन रमाइलो हुन्थ्यो। मान्छे कहिलेकाहिँ
नभएको संसार वाँच्न खोज्छ। मलाई पनि त्यस्तै हुन्थ्यो।सपनामै,कितावमै अनि आफ्नो
कोठाभित्र नै रमाइलो लाग्थ्यो।म जव ठेलीका ठेली किताव बोकेर लाइव्रेरीबाट लिएर
आउँथे सवै मलाई अचम्म मानेर हेर्थे। त्यो मेरो रंग न ढंगको लवाइलाई हेरेको वा
कितावलाई म छुट्याउन सक्दिनथेँ। साँझको वेला भने मलाई हावाको स्पर्श मन पर्थ्यो। म
वाहिरको स्ट्रिट ल्याम्प तल कुर्सी राखेर किताव पढ्ने गर्थेँ। सुनसानमा ! जीवन
एकान्तमा रमाइलो थियो।
मलाई घरबाट महिनैपिच्छे
पुग्ने गरी नै पैसा आउँथ्यो। वा भनौँ मेरो वाउ आफ्नो स्वतन्त्रताको तिरो
तिर्थ्यो।मलाई मतलव थीएन। उ आफ्नै संसारमा सुखि रहोस्,वाँचोस्।मेरो संसार पनि त
चलिरहेकै थियो।
**************
**************** ***************** **************** **************
छायाँको आगमन
शनिवारको दिन
थीयो।"लोलिता" हातमा थियो । अचम्मको किताव।किनकिन फुच्ची मै जस्ती! अनि
वुढो मान्छे पनि अचम्मको।जहाँको मान्छेको पनि जरा एउटै। नियममा वाँधिन रुचाउने।उसले
किन आफ्नो वचावट गर्नु अरुको अघि ? किन स्वतन्त्रता मन पर्दैन मान्छेलाई। आफ्नो
समाज,आफ्नै मनलाई बनाए त भै गो।अरुको किन सोच्नु? मनलाई ठिक लागे गरिदयो, मनले
हुन्न भने छोडिदियो। सजिलो बन्छ जीवन यति गरे, जटिलता त नियमले न थप्छ। नत्र त
सजिलो छ जिवन।
मंसिर लागिसकेकोले समय चिसो चिसो थियो। मेरो
स्वेटर वाट छिरेर पनि हावा मेरो शरिरलाई स्पर्श गर्दै थियो।मलाई साँझको सिरसिरे
वतासको स्पर्श मन पर्छ। परको रातो गुलाफ अँध्यारोमा खासै देखिएको थिएन।एकदिन
सुम्सुम्याउने हुँदा काँडाले घोच्यो। रगत नै बग्यो। कोठा गएर डिटोल लाएँ। फर्केर
आएर त्यहि गुलाफको फूल हेरीरहेँ । मलाई गिज्याए झै लाग्यो। सुन्दरता जोगाउन काँडा
उम्रिनुपर्छ। नत्र त जसले पनि टिप्देला त्यो फूल।
त्यो गुलाफको वोटबाट स्टाफ
क्वार्टरको वाउन्ड्री शुरु हुन्छ। काठको रेलिंग लागेको। छेवैमा एउटा वेटिंग कटेज पनि
छ। परालको छाना भएको। पानी परेको दिन, त्यो परालको छानोबाट तप्प तप्प चुहिएको पनि
आकर्षक देखिन्छ। टिनका छाना कति उद्वेगित हुन्छन्, छीनमै ठूलो आवाज ल्याउँदै
वज्छन् । सानो पानी पर्दा पनि। ध्वारारारा....।अनि पानि रोकियो,चुपचाप।कति चाँडो
बाटो वदलिदिने। असरहिन। परालको छानो, सौम्य वनेर तप्प तप्प चुहिरहन्छ। ठूलो पानीमा
पनि।
आज त्यताबाट गिटारको आवाज आइरहेको थियो।बेसुरको।भख्खर भख्खर सिक्न
खोजेजस्तो।मेरो ध्यान लोलिताको सत्तरी वर्षको वुढाबाट त्यो गिटार तिर गयो। जसले
बजाउँदैछ उसले जानेको छैन। मैले पढ्न सकिन। एकाएक पाइला डोहोर्याएँ त्यता।
"मलाई पढ्न डिस्टर्ब
भो !" मैले कटेजतिर नहेरी नै आफ्नो कुरा राखेँ छेउमा पुग्ने वित्तिकै।
"उप्स, सरी !"
आवाज त केटीको पो आयो। मैले केटा ठानेको।
मैले अनुहार हेरेँ। गाजल
लाएका आँखा। मिलेको अनुहार। म सामान्यतय मेक अप गर्दिन। अहिले लगाकै शर्ट पनि
ह्वांग्लांग झुण्डिएको छ। गाउँमा मकैबारीमा सुँगा नआओस् भनेर भाटामा झुण्ड्याइदिए
जस्तो। अनि चारवटा गोजी भएको मेरो ट्राउजर। उसको जिन्स टिपिक्क परेको थियो उ
वस्दा।तल फ्ल्याट सेन्डिल। उ मलाई हेरेर अझै मुस्कुराइरहेकी थिई।मैले धेरै बेर
रिसाइरहन सकिन।
"तँपाइलाई पहिलो पल्ट
देखेँ, आइ मिन सुनेँ यहाँ !" मैले उसको गिटार मोहमा कटाक्ष गरे।
"धर्मानन्द सर
चिन्नुहुन्छ?"
हामीलाई लिटरेचर पढाउँछ
वुढो तर साह्रै वोरींग छ। सँधै छाती कन्याइरहन्छ। उसका फूलेका रौँ शर्टभन्दा वाहिर
निस्किन्छन् फूलेको बेला। फोहोरी,वुढो।
"म छोरी हो सरको
!"
झन्न केहि नराम्रो भनिन
मैले।
"अनि अहिले ? छुट्टिमा
?" मैले फेरि प्रश्न राखेँ।
"दुई महिना, म
देल्हीमा पढ्दै छु। "
"नाम त सोध्नै
विर्सेछु । म सुधा ! यहिँ होस्टलमा हो !"
"म छायाँ !"
उसले हात अघी तेर्स्याइ।
तिन चारवटा व्रेसलेटहरु आफू आफू मै जुधेर अनौठो आवाज निस्कियो। नरम हात। मैले हात
विस्तारै छोडेँ। उ मुस्कुराई।
"गिटार राम्रो
बजाउनुहुँदो रहेछ। " मैले पनि झूठो तारिफ गर्दिएँ।
"पढ्दा डिस्टर्व हुने
गरिको राम्रो ?" उ खित्का छोडेर हाँसी ।
"सरी !" म अलि
रुड नै छु। शुरुमा विचार नगरी प्याच्च बोलिदिएँ। अहिले पछुतो भो।
"हैन , इट्स ओके ! म
भख्खर सिक्दैछु ! कसैले सुन्दैन होला भनेर यहाँ बसेर बजाको !" उ फेरि हाँसी ।
"भनेपछि, मैले वेलुका
वेलुका यहाँ दुइ महिना गिटार सुन्न पाउँछु ?"
"डिस्टर्व हुन मन
लागेको भए!"
भित्र मेसको घण्टि बज्यो।
खाना पाकेछ।
"म गए है !" म
जुरुक्क उठेँ। बाटोको फूल गमक्क परेर वसेको थियो। थोरै सुम्सुम्याएँ ।छोडिदिएँ।
"लिसन !" छायाँले
मलाई बोलाई।
मैले पुलुक्क पछाडी हेरेँ।
"यहाँ मेरो कोहि साथी
छैन, तिमी नै हौ पहिलो चिनेको, सो डिस्टर्व नहुन्जेल यु क्यान कम एन्ड जोयन मि,अनि
किताव चाहिँ के पढ्दै थियौ नि ?"
"कोर्स कै हो, लियो
टोल्सटोयको !" मैले लोलिता लुकाउँदै जवाफ फर्काएँ।