Posted by: fucheketo September 14, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     1       ?         Liked by
Kya Jhoor- Thank you very much
serial - thank you
Gone crazy- I have tried to move story a bit , hope you ll like it
Altijdgoede- sorry couldnt make it that day, but i finished it today..hope u ll like it
karma98- thanks for the compliment :)
akinchan- thank you very much, the comment is longer than my one episode hahahahah...just kidding ..thanks again...

"तिमीले विहा गर्नु अघि एउटा केटी सँग गहिरो माया वसेको तर उसले एक्सेप्ट नगरेको कुरा गरेको थियौ नि ..."

मैले गरिमातिर पुलुक्क हेरेँ।गरिमा आफ्नो हातले चियाको मग समातेर वसेकी थिई उसको हात तातो वनाउन।

"त्यो सुधा नै हो ?" उसले अचानक प्रश्न राखी । मेरो मन भारी भएर आयो। मैले त्यति खेर नाम भनेको थीइन। गरिमाले पनि सोधेकी थिइन।शायद गरिमाले अतितलाई कोट्याउन त्यतिखेर जरुरी ठानिन।अहिले अतित फर्केर आएको डर हुन सक्छ उसलाई !

मैले "हो !" भन्ने जनाउन टाउको हल्लाएँ। उ केहि वोलिन। वाहिर निस्की वरण्डामा !डायरि वन्द गरेर म पनि वाहिर निस्केँ।

गरिमा आकाश हेरीरहेकी थिई। ताराहरु ,आज जुन लागेको थिएन। आकाश खुल्दै थियो। दिउँस भरको पानीले वादल हराएका थिए। गाडीको कोलाहल अझै थियो सडकमा । पातलिन अरु एक दुई घण्टा लाग्ला शायद। यो शहर सुत्दैन। मात्र चिच्याइरहन्छ, हजारौँका हजारथरीका कथाहरु।

"तिमीले पहिला किन भनेनौ?"

"किन भने भन्न जरुरी केहि थिएन, उ हराउनु अघि !"

म उसको अनुहार नियालिराखेँ।

"म सुधालाई पनि चिन्थेँ तर दुइ पाटा जोड्न सकिन।"

उसले गुनासो पोखी।

"भिन्न क्षणहरुलाई जोड्नु हुन्न गरिमा, नत्र जीवन गाँठो पर्छ।" मैले पनि आकाश तिरै हेर्दै जवाफ फर्काएँ।

"नढाँटी भन, तिम्रो मनमा सुधा छे अझै?"

उसको अनुहार निन्याउरो भयो।

म उसको नजिकै गएँ। उसलाई अंगालो मारेँ अनि सोधेँ

"तिमीलाई के लाग्छ?"

उ चुपचाप थिइ। मेरो मुटुको धड्कन सुन्दै।

मैले उसको कपाल खेलाउँदै फकाउने प्रयास गरेँ।

"म यो पढिसक्छु,तिमीलाई दिन्छु। तिमी आँफै फैसला गर!"

"मैले शंका गर्न खोजेको हैन।"

"मलाई थाहा छ।"

मैले आकाश तिर फेरि हेरेँ।हो... . आज आकाशमा चन्द्रमा छैन।

************* ***************** ************ **************** **************** **


सुधाको डायरी- पेज ३३

म धेरै जसो मेरो कोठाको वाल्कोनीमा वस्थेँ। कोठामा निस्सासिएको जस्तो हुन्थ्यो। वाल्कोनीवाट खुला आकाश देखिन्थ्यो। सवैको छानो, सवैमा समान व्यवहार। अनि तल हरियो घाँस।मेरो घरको गेट ।गेट भन्दा थोरै भित्र तुलसा मोठ। इशान कोणमा। मेरी आमा विहान विहान पानी हाल्थिन। दुइ चार दिन भो विरामी भएर एउटा कोठामा थलिएपछि तुलसी पनि ओइलाएको छ। गेट वाहिर ओहोर दोहोर गर्दै गरेका मान्छेहरु। साहिँला दाइको किराना पसल। वाल्कोनीको रेलिंगमा रंगका पाप्राहरु उक्किन थालेका थिए। म तिनलाई झन उक्काइदिन्थे। अझ कुरुप वनाइदिन्थे। मान्छे पनि त त्यस्तै हो। जति उक्कायो उति कुरुप। अनि मलाई कुरुप मान्छे मन पर्थे। अँध्यारा मान्छे।

"नानी ! के गरेको त्यस्तो ? लडिन्छ !"

तलवाट एउटी आइमाइले मलाई फेरि माया देखाइ।मेरो वाउकी आइमाइ। गेटवाट भख्खर छिरेकी। म रेलिंगमा बसेर खुट्टा हावामा लहराउँदै थिएँ। उसलाई फेरि मेरो स्वतन्त्रता मन परेन।

"लडिदैन आन्टी ! लडाउन त आफ्नो मान्छे चाहिन्छ !"

मैले गमलाको फूल टिप्दै उसको जवाफ दिएँ।

उ केहि वोलिन।

"आन्टी ,अनि आमा विरामी भएको वुवाले नै भन्नुभयो कि तँपाइले सपना देख्नुभो?" मैले माथीवाट कटाक्ष गरेँ। उ फेरि पनि केहि वोलिन। घर भित्र छिरिसकेजस्तो छ।टाइगर पनि सँधै देखेको मान्छेलाई देखेर भुक्दैन। भुकेन। पुच्छर हल्लायो होला।

त्यो दिन देखी म रेलिंगमा वसेको उसलाई गुनासो हुन छोड्यो। उ पुलुक्क मलाई हेर्थी। अनि फटाफट छिर्थी।आमालाई कुनाको कोठामा राखिएको थियो। डक्टरहरु आउँथे। हेर्थे ।जान्थे। म खासै आमालाई हेर्न जाँदिनथे। किन हो किन मलाई मेरै रेलिंग, मेरै स्वतन्त्रता मन पर्थ्यो। त्यहिँ वसेर म आकाश नियाल्थेँ। कहिले निलो।कहिले वादल हरु मडारिरहेको। वादलहरु पनि एक अर्कोमा मिसिएर अनौठा अनौठा आकृति वनाउथे। भगवान पक्कै पेन्टर नै होलान् जस्तो लाग्थ्यो त्यो देख्दा।

दिउँसो क्लास सिद्दिएपछि म लाइव्रेरीमा वस्न थालेको थिएँ। कितावहरु पढेर। राजेश सरको गणित पछाडी मलाई संसारमा दुइमा दुइ जोडेर सँधै चार हुन्न भन्ने पत्ता लागेको थियो। कितावहरुमा त भावना लेखिनुपर्छ। आफू उत्रिने किताव पो पढ्न रमाइलो हुन्छ।टल्सटयका कथाहरु, हेमिंग्वेका कथाहरु कति गहिरा। मान्छे चिनाइदिने जस्तो। दुई मा दुई जोडेर चार हुन्छ भन्दा कसले कसलाई पो चिन्नु ?

सृस्टी भन्ने गर्थी , म आजकल कम वोल्न थालकी छु। उसले वुझ्दिन थी, मौनता कति शक्तिशाली हुन्छ।मलाई मौनताको नशा चढेको थियो।सृष्टी का अरु साथीहरु वन्न थालेँ। म लाइव्रेरीमै हराउन थालेँ। विस्तारै विस्तारै स्कुलमा मेरा हल्लाहरु हराए। कहिलेकाहिँ प्रतिक भने मलाई लाइव्रेरीको ढोकावाट चियाउँथ्यो। मलाई थाहा हुन्थ्यो। तर म नदेखे जस्तो गर्थेँ। प्रतिक कहिल्यै भित्र आउँदैन थियो। उसलाई एक चोटीको रिजेक्सनले ठूलो असर गरेको थियो। म सँग वोल्न नै डराउँथ्यो।मलाई उसको माया लागेर आउँथ्यो। विचरा प्रतिक। कति साधारण। पिडा नभएको जीवन साधारण नै हुन्छ। मलाई त्यहि भएर पिडा मन पर्छ।

************** ************* *********** ************ ********* ******* ********

एकदिन आमाले मलाई कोठामा वोलाउनु भयो। अनि रोइ मात्र रहनु भयो।मैले धेरै दिन पछि आमालाई नियालेँ। हड्डि र छाला मात्र वाँकी रहेको।आँखा भित्र भासिएको। म नजिकै गएर वसेँ। हामी दुइ जना बिच वातचित नभएको धेरै भइसकेको थियो।मलाई शुरुवात गर्न आएन। म चुपचाप नै वसिरहेँ।

"मलाई माफ गर्दे है सुधा !"

धेरैवेर पछि मौनता टुट्यो। म अझै चुप नै थिएँ।

अनि खाटमा लुकाएर राखेको एउटा चिठ्ठी दिँदै भन्नुभयो

"पर चौतारोवाट देव्रे गल्लीमा चार घर छोडेपछि एउटा सानो झूप्रो छ।राम अंकल भनेर सोध्नु अनि यो चिठ्ठी दिनु है।"

मैले त्यो चिठ्ठी मुठ्ठीमा चेपेर वसेँ। वेलुका आमा को विमारी वढ्यो। राती नै डक्टर आयो। म भने राति नै त्यो चिठ्ठि लिएर राम अंकलको मा गएँ।

सानो झुप्रो ,पातलो पातलो वुढो मान्छे। उसले चिठ्ठी पढ्यो, आँशु पुछ्यो ।एकैछिन झोक्रियो।

"अहिले कस्तो छ?" उसले विस्तारै मलाई सोध्यो।

"त्यति राम्रो छैन। " मैले उसको अनुहार तिर हेर्दै जवाफ फर्काएँ।उसका दाह्री पनि फुलेका थीए। गाला खासै खान नपाए जस्तो भित्र छिरेको।

"म गएँ भने तिम्रो घरका मान्छे रिसाउँछन् होला है !" उसले मलाई सोध्यो।

"तँपाइलाई जान मन लागेको छ?" किन किन मलाई त्यो मान्छे सँग दया लागेर आयो।मैले आँखाभरि आँशु देखेँ। मन पग्लिए जस्तो।

"जौँ ,कसैले केहि भन्दैन। " मैले उसको हात तानेँ। उ म सँगै आयो। घरमा आउँदा थुप्रै मान्छे भेला भइसकेका थिए।मलाई वुझ्न समय लागेन। त्यो पातलो मान्छे गेट वाहिरवाटै फर्क्यो।

************** *********** ************ ********** *********** *****************

तेह्र दिन सम्म काज किरियामै वित्यो। चौधौँ दिन,फोनमा गफ गर्दै गरेको सुनेँ

"म एक्लै पाल्न सक्दिन यसलाई । जिद्दि पनि छे। यसलाई होस्टेलमै राख्नुपर्छ प्लस टुमा त। रिजल्ट आउँछ होला यसको चाँडै । त सोचिराख है। कहाँ राख्ने भनेर।"
Read Full Discussion Thread for this article