Posted by: Ritto Haat September 13, 2014
माया अन्धो हुन्छ भन्थे, भोगे पछि थाहा भयो,
Login in to Rate this Post:     2       ?         Liked by
माया अन्धो हुन्छ भन्थे, भोगे पछि थाहा भयो,
बिना गल्ति सफाई पाउन, ढोगे पछि थाहा भयो l

जुन टिप्ने तारा झार्ने, कल्पनाको फल बल्ल,
यथार्थमा जीवन ज्यूँदा,रोके पछि थाहा भयो l

परीकोझैं सुन्दर रुप, गुलाबी ओठ देख्ने नजर,
बाहिर बोक्रो ,भित्र खोक्रो , टोके पछि थाहा भयो l

आहा! कस्तो आलिंगन थ्यो, अझ भित्रि मजा बेग्लै,
ब्यर्थै रैछ जिम्मेवारी , ठोके पछि थाहा भयो l

माया अन्धो हुन्छ भन्थे, भोगे पछि थाहा भयो,
बिना गल्ति सफाई पाउन, ढोगे पछि थाहा भयो l

@ रित्तो_ हात
Read Full Discussion Thread for this article