Posted by: Sajha Info September 13, 2014
जलविन्दुमा चेतना फैलाउन रस्टी नेल्स् ब्यान्डको च्यारिटी
Login in to Rate this Post:     0       ?        
https://www.youtube.com/watch?v=3aV29XVaBQw
band

काठमाडौं, भाद्र ११ - रस्टी नेल्स् ब्यान्डले आँखामा लाग्ने जलविन्दुबारे सचेतना फैलाउन च्यारिटीको आयोजना गरेको छ ।

दरबारमार्गस्थित सिटी म्यूजियममा आयोजना गरिएको च्यारिटीबाट संकलित १ लाख ५२ हजार ५ सय रुपैयाँ सहयोग तिलगंगा आँखा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

ब्यान्डका एकजना सदस्य डा. सुमन थापाले तिलगंगा आँखा अस्पताललाई हस्तान्तरण गरेका छन् । डा. थापा जलविन्दु विशेषज्ञ हुन् ।

आर्थिक अवस्था कमजोर भएका जलविन्दु बिरामीका लागि उक्त रकमबाट उपचार गरिने थापाले जानकारी दिए । रस्टी नेल्स् ब्यान्डले तीन घण्टासम्म नेपाली र अंग्रेजी २० वटा गीत प्रस्तुत गरेको थियो ।

ब्यान्डले जलविन्दुमा जनचेतना फैलाउन कोष स्थापनाका लागि अझै च्यारिटी शोको आयोजना गर्ने बताइएको छ । उक्त ब्यान्डले अक्टोबर ११, डिसेम्बर १३, २०१५ फेब्रुअरी १४, अप्रिल ११ र जुन १३ मा पनि सिटी म्यूजिममा च्यारिटी आयोजना गर्ने जारी विज्ञप्तीमा जनाइएको छ ।

Read Full Discussion Thread for this article