"आम्मामा...आउने वित्तिकै? " गरिमाले लुगा फेरुन्जेल , म मेरो रिडिंग टेवलमा डायरी पल्टाएर पढ्न वसीसकेको थियो।
"मलाई चिया खुवाउँछ्यौ?" मैले गरिमातिर हेर्दै प्रश्न राखेँ।
"मैले त्यो पढ्न पाउँछु ? "
मैले स्विकारोक्तिमा टाउको हल्लाएँ। उ किचन तिर लागी।
सुधाको डायरी-पेज २९
जीवनमा नशा नभए वाँचिन्छ मात्रै। नवुझिकन ,नभोगिकन सिद्दिन्छ। राजेश सरको लत लागेको थियो मलाई। मैले चाहेर पनि रोक्न सकिन आफुलाई।चुम्वकले ताने जस्तो तानिन्थे म। टाढैवाट स्पर्श महसुस गर्थे। रातमा प्रायजसो उनलाई नै सम्झेर रसाउँथे ।अनि कति खेर भिज्थेँ पत्तै लाग्दैन थियो। तर राजेश सरको व्यवहार भने परिवर्तन भएको थियो।पछिल्लो दुई दिन त मेरो हात झट्कारेर रिसाउनु समेत भएको थियो।मैले केहि भनिन। सरासर घर आएँ। भोलिपल्ट म कोठामै थिएँ।तल लिभिंग रुममा गाइँगुइँ सुने।आइमाइको आवाज।
"सम्हाल्नुस आफ्नी छोरीलाई, अव पढाउन सक्नु हुन्न वहाँले । सानो उमेरमै कस्तो नकचरी। त्यत्रो ठूलो मान्छे सँग इत्तरिन खोज्छे।विध्यार्थी भएर विध्यार्थी पो हुनुपर्छ ।सौता हैन। भनेको मान्नुहुन्छ भने विहे गर्दिनुस्।"
मैले वाहिर निस्केर चिहाएँ।राजेश सरको वुढी रहिछन्।
आमा वुवा दुवै जना चुप लागेर सुनिरहे। उ वाहिर निस्किन् ।उ निस्किने वित्तिकै मेरो वाउ माथी आए। म माथी यातना त्यो दिन पनि दोहोरियो। मेरो शरिर भरी वेल्टका डामैडाम भएका थिए। त्यो रात म सुत्न,वस्न सकिन। आफ्नो कोठामा उभिएर विताएँ। पहिलो पल्ट किचनमा थुनिँदा भोलिपल्ट सृष्टीसँग सोधेर व्रुफेन किनेर ल्याएकीँ थिएँ।त्यो दिन मैले दुई वटा खाएर निदाउने प्रयास गरेँ। भोलिपल्ट ढिलो सम्म मलाई निन्द्राले छोडेन। ढोका खोल्न सकिन। वाहिरवाट लगाएको थियो। अनायसै चिच्याएँ।
"ढोका खोल पापी हो !"
परवाट आवाज आयो,
"मैले नभनुन्जेल कसैले खोल्दैन त्यो ढोका, खुव जवानी चढेको छ त्यसलाई ! कसैको इज्जतको ख्याल छैन त्यसलाई !"
मैले ढोका ढक्ढक्याउन छोडिदिएँ। त्यो दिन वेलुका पनि ढोका खुलेन। मेरो ड्रयरमा भएका चकलेट खाएर त्यो रात वित्यो। पर्सिपल्ट विहान भने ढोका खुल्यो।
"छोरी, अव पनि यस्तै गरिस् भने तँलाई स्कुल जान दिँदैनन् तेरो वाउले !"
मैले मात्र मेरी आमालाई हेरेँ। ढोंगिहरु।
चुपचाप खाना खाएँ।आफ्नो अनुहार ऐनामा हेरेँ। यसपाली अनुहारमा कुनै दाग थिएन। अघिल्लो पल्ट प्रतिकले मलाई सोधेको थियो के भयो भनेर। यसपालि पत्ता पाउँदैन होला। व्याग भुईँमा थियो, स्कुलको व्याग उठाएँ,काँधमा अझै चोट थियो, व्याग वोक्ने वित्तिकै पोलेजस्तो भयो, तर किन किन पिडा मिठो लाग्न थालेको छ मलाई ।
************ ************* *************** ************** *************** *******
स्कुलमा प्रतिक मलाई पर्खेर वसेको रहेछ।उसलाई म मन पर्छ। म भइन भने छटपटाउँछ अरे, सृष्टीले भनेको। केटाहरु मेरो नाम लिएर जिस्काउँछन् अरे। सृष्टीले भनेको।चुपचाप सुनिरहन्थ्यो अरे राजेश सर र मेरो कुरा गर्दा पनि । अनि सृष्टीले मन्दिरको पछाडी गएर रोएको पनि देखेकी रे। कति साधारण जिवन प्रतिकको। मन पराएकी केटी, उ सँग छैन। उ रोइदिन्छ। जिवनको सवैभन्दा साधारण सत्य उसले पचाउन सक्दैन। सवै चाहेका वस्तु आफ्ना हुँदैनन्।
"कहाँ थियौ तिमी !" उसले मलाई प्रश्न राख्यो।
"घरमैँ!"
"स्कुल किन नआएकी?"
"काम थियो।"
"तिमीलाई म पर्खेर वसेको थिएँ।"
"किन?"
उसले मेरो हातमा एउटा चिठ्ठि थमायो। मैले हेरेँ। उसको हात। कामिरहेका। मैले राजेश सरको हात सम्झेँ। दह्रा । मलाई पगाल्न सक्ने। प्रतिकको... कामिरहेका, जावो एउटा चिठ्ठि दिन। केटाकेटी जस्तो।जीवन नै नबुझेको।
************* *************** ***************** ************* *******************
त्यो चिठ्ठि...मेरो पाटो
स्कुलमा वल्ल वल्ल एउटा मिल्ने साथी वनाएको थिएँ। कृष्णे। नाम जस्तै केटी पट्याउने चिठ्ठी लेख्नको उस्ताद।सवैले त्यसै भन्थे। मैले पनि त्यहि कारणले मात्र उसलाई साथी वनाएको। नत्र त उ चार विषयमा गुल्टेको। सवै विषय उसैलाई सिकाउनु पर्थ्यो। उसलाई साथि वनाउनु,एउटा घाँडो भिरेजस्तो। तिँ माथी वुवालाई लद्दुहरुलाई साथी वनाएको मन पर्दैन थियो। मैले मात्र सुधालाई सम्झेँ। अनि कृष्णको गणितको जिम्मा मैले लिइदिएँ। हामी दुई चार दिनमै मिल्ने साथि भयौँ।
************** ************* *************** ************** *************** *****
"के भनेर लेखौँ? प्रिय सुधा ?" उसले मलाई प्रश्न राख्यो।
"मलाई थाहा छैन, केटिलाई के भनेको मन पर्छ ?"
"प्रिय, माया...तर तेरी चाहिँ अलि हट्के छे क्या। खोइ के मन पराउँछे।मन पराइन भने त्यस्को रिस पनि डेन्जर छ। मलाई त किन किन तैँले धुलाई खान्छस् जस्तो लागेको छ।"
उसले मलाई तर्सायो। मैले कल्पना गरेँ। मैले एक हातले चिठ्ठी दिँदा सुधाले अर्को हातले मेरो गालामा वजाइ दिई भने। धत्। त्यस्तो पनि कहिँ हुन्छ?
"ल ल फुर्यो !"
"के भन् त ?"
"मेरी सपनाकी राजकुमारी !"
हो उ सपनामा सेतो लुगामा राजकुमारी नै जस्तो भएर आउँथी ।साँच्ची।
"ठिक छ।" मैले कृष्णेलाई लजाउँदै फैसला सुनाएँ।
त्यसपछि उसले लेखेको सुनाउँदै गयो। म झन झन रातो हुँदै गएँ। टमाटर जस्तो। तर सवैभन्दा गाह्रो कुरा। दिन त कृष्णे जानेवाला थिएन। आँफैले दिनुपर्ने थियो।
मैले उसको साथीलाई सोधेँ। उ आएकी थिइन। तिन दिन पर्खे पछि । उ आइ।तर अचम्म हात अघि वढ्दै वढेन। वल्ल वल्ल कामेको हातले वुझाइदिएँ। अनि सुइँकुच्चा ठोकेँ।
**************** ************* ************ ************ ************** *********
त्यो दिन सुधालाई हेर्न पनि डर लाग्यो मलाई। उ र म एउटै क्लासमा थिइ। मैले चोर नजरले उसलाई हेरेँ।तर उसमा भाव थिएन। केहिले ओगटेको जस्तो थियो, उसको अनुहार। मोरो कृष्णेले लेखेको मन पराइन जस्तो छ। मलाई कृष्णे सँग पनि मनमनै रिस उठ्यो। मैले उसलाई गलत तरिकाले हिसाव गर्न कहिल्यै सिकाइन। तर मायाको यो पाठ उसले मलाई किन गलत पढायो। सुधाले एउटा चिर्कट्टो मलाई दिई।
"छुट्टी भएपछि यहिँ वस है!"
डर झन झन वढेर आयो। मैले कृष्णेले भनेको सम्झेँ" मलाई त किन किन तैँले धुलाई खान्छस् जस्तो लागेको छ।" छुट्टी पछि सवै उठेर वाहिर निस्केँ। म भने गममा टाँसिएको जस्तो वेन्चमै वसिराखेँ। सुधा पनि आफ्नै वेन्चमा थिइ। आफ्नो पेन्सिल सँग खेलीरहेकी !
सवै गएपछि सुधा नजिकै आइ अनि कठोर स्वरमा भनी " हेर प्रतिक। तिमी सोझो छौ।संसार कालो छ, अँध्यारो। मलाई तिमी मन पर्छ। मिल्ने साथी जस्तो। तर तिमीले चाहेको म दिन सक्दिन। तिम्रो र मेरो संसार फरक छ। तिमी आफ्नै संसारमा रमाउन सिक।मलाई विर्सिदेउ। म तिम्रो जीवनमा सुख ल्याउन सक्दिन।"
मेरो मनले भनिरह्यो " मेरो त सुख नै तिमी हौ!" तर मनको आवाज सुनिन्न, मैले वोल्न सकिन।
Thanks to serial and maktub...