Posted by: Laalmon September 8, 2014
Anju Pant liar: Video Speaks for Itself
Login in to Rate this Post:     0       ?        
best comment off of facebook. courtesy: Nanu Samixya

अन्जु पन्तको अन्तर्वाता सुरु देखि अन्त सम्म आँखा झिमिक्क नपारी हेरे । हरेक शब्दलाई केलाएर बिस्लेसण गरे । त्यस्पछि अन्तर्वाताको मुन्तिर सर्बसाधारणले ब्यक्त गरेका प्रतिक्रिया पनि सकेसम्म धेरै पढे । उन्को अन्तर्वाता जे कुरा स्पस्ट गर्न लिइएको थियो त्यो कुरा स्पस्ट भएको पाइएन । जब धर्म सँग जोडेर यो बिबाद आएको छ भने त्यसलाई उनले स्पस्ट शब्दमा मैले त्यस्तो काम नगरेको र भबिस्यमा हिन्दू धर्म सम्बन्धित गीत गाउनेछु भनेर भन्न सकेको पाइएन । जब क्रिस्मस आउछ, हरेक नेपालीका फेसबूकमा सुभकामना दिनेको ओइरो लाग्छ । मैले पनि हिन्दू अनुयायी भए पनि हरेक बर्ष क्रिस्मसको सुभकामना दिन कहिल्यै कन्जुस्याइ गर्दिन । आखिर जुन धर्म माने पनि शान्ति, प्रेम, सद्भाब र भाइचारा त्यो धर्मको उद्देश्य हो भने त्यसलाई सम्मान गर्न कसैलाई समस्या हुनु पर्दैन । तर अन्जु पन्तको यो लग्भग १७ मिनेटको अन्तर्वातामा कतै पनि दशैं तिहार शब्दको प्रयोग भएको पाइएन । कुनै धर्मको चाडबाडको नामै लिन हुदैन भनेर कुनै धर्मले भन्छ भने त्यो धर्म अतिबादी धर्म हो । हेर्दा लाग्छ उहाँले स्पस्ट रुपमा गल्ति स्वीकार्नु भएको छ तर गल्तिको दोश अरुमाथी थोपर्नु भएको छ । उहाँ राम्रो गाएक हो तर स्रोतालाई उहाका गीत सुन्ने नसुन्ने अधिकार पनि सुरक्ष्यित छ । यदि कसैलाई उहाँको धर्म परिवर्तन वा अन्य आनिबानी मन पर्दैन भने सभ्य रुपमा बिरोध जनाउने पूर्ण अधिकार छ । त्यसमा अरु कसैले चित्त दुखाउनु पर्दैन । प्रतिक्रियाहरू पनि पक्ष र बिपक्षमा आएका रैछन् । आउने नै भए । ब्यक्त प्रतिक्रियामा उल्लेखित नाम सक्कली हून भने जनजातिहरुमा धर्म परिवर्तनले राम्रै स्थान पाएको देखियो । भर्खर भर्खर धर्म छाडेकाहरुमा जोस पनि निकै देखियो । उनिहरुले अन्जुको समर्थन त गरे तर उनी ब्यबसायिक गायिका हून भन्ने कुरा बिर्सेंको जस्तो लाग्यो । एक ब्यबसायिक र सफल कलाकार कुनै धर्म, जाति र भाषामा सिमित हुदैन । सन्सारका उदाहरण हेर्ने हो भने सफल कलाकारले त्यो रेखा तोडेको देखिन्छ । शायद अन्जु जन्मजात क्रिस्चियन भएको भए यस्तो हुने थिएन । नयाँ जोगीले धेरै खरानी घस्छ भने जस्तै यस कुरामा उन्को ढंग नपुगेकै हो । कुरा १७ मिनेट गरे पनि ठोस् कुरा गर्न नसक्नु तर रोएर मान्छेलाई इमोस्नल रुपमा प्रभाबित गर्न खोज्नु उन्को कम्जोरी हो । हिन्दूहरू सभ्य, क्ष्यमाशील, शान्त भएकोले उनले नढाटी भनेर गल्ति नदोहोर्याउने बाचा गरेको भए कुरो अर्कै हुन सक्थ्यो । तर उनले गल्तिलाई ढोक्ने नाममा फेरि गल्ति गरेकि छिन् । अब त्यस्को सजाय क्रिस्चिएनहरु र मुसल्मानहरूले जस्तो भौतिक त हिन्दूहरूले पक्कै दिनेछैनन, जाग्न लागेका हिन्दूहरूले उन्का गीत नसुनेर र अन्य रुपमा उनलाई नजर अन्दाज गरेर दिने कुरा भने पक्का जस्तै देखियो । क्षती न्युनिकरण गर्न चालेको उन्को आँशु रुपि अस्त्र काम लाग्ला जस्तो देखिएन । भर्खर धर्म छाडेका इस्टमित्रको भरमा मात्र अन्जुको सांगितिक यात्रा कहाँ पुग्ने हो, हेर्न भने केही समय कुर्नै पर्ला
Read Full Discussion Thread for this article