Posted by: fucheketo September 7, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     4       ?         Liked by
Adhikarai bandhu- thanks a lot, since I get comment like yours, I feel the hard work is working :)
Forgot password- I dint get it, you want this story to be translated in english? if yes then I might not be the first choice, since i m pretty bad in translation ;)
अन्य पढिदिनुहुने, like गरीदिनुहुने साझावासीलाई धन्यवाद  दिँदै पाँचौ भाग पस्किँदैछु


वाहिर पानी सिमसिम पर्न थालेको थियो। भिजेको काठमाण्डौ। ओत लागेका मान्छेहरु।अनि खोलाजस्तै सडक।मैले वाहिरका दृश्यहरु एकैछिन नियाँले।कफि सुरुप्प पार्दै।एकैछिनमा गरिमाको फोन आयो,

"तँपाइ त अफिसवाट अघि नै निस्किनु भको अरे त ,टाउको दुख्यो भनेर... कहाँ हुनुहुन्छ!"

"कसले भन्यो?"

"मैले मोवायल नलागेर अफिसमा फोन गरेकी थिएँ।"

"नमस्ते क्याफेमा..." मैले सटिक उत्तर दिएँ।

"को सँग ?"

"एक्लै ,कथा पढ्दैछु ।"

"कस्को ?" उसले अचम्म मानी।

"आफ्नै, आउँछौ चिया खान ?"

"पानी पर्दैछ त !" उसले अवरोध तेर्स्याई।

"रोकिए पछि आउ न त !" मैले उसँग जिद्दि गरेँ। सामान्यतय उ अनुरोध टार्दिन।

"हेरुम्, कतिन्जेल वस्नुहुन्छ।"

"कथा नसिद्दिउन्जेल।"

"रोकिए पछि आउँछु।" उसले फोन राखिदिई। मलाई उसलाई ढाँट्न मन छैन। सुधाले कथा नसुनाउनु भनेकी थिई। तर मानिस सवै गोप्य कुरा आफु सँग मात्र राख्न सक्दैन। पोल्छ, भतभति।अनि एउटा कानमा पोख्छ। भारी विसाउँछ। सन्तोक मान्छ।

************** ***************** **************** ****************** ************

सुधाको डायरी- पेज १२

घरमा म हुनाले दुवैको स्वतन्त्रतामा म वाधा पुगेजस्तो हुन थाल्यो।अन्त्यमा एउटा उपाय निकालियो। स्कुल सिद्दिएपछि मैले टिउसन पढ्न जानुपर्ने भयो। टिचरको घर मेरो घरबाट करिव आधा घण्टाको दुरीमा थियो।म फर्किँदा आठ वजे मलाई लिन रिक्सा जानेभयो। टिचरको घरमा । शायद ति दुई घण्टा अमुल्य स्वतन्त्रताको घण्टाको रुपमा लिने विचारमा थिए मेरा वा आमा। अरु कुरामा राय नमिल्ने ति दुईको यस विषयमा भने राय मिल्यो। अचम्म दुवैजना मलाई टाढा राख्न चाहन्थे। कुनै घृणा गरेको वस्तु जस्तो। मलाई चिच्याउन मन लाग्यो " म पनि तिमीहरुकै अंश हुँ, अंश समान दर्जा देओ!"

आमाले मलाई सुम्सुम्याउँदै भन्नुभएको थियो,

"तँ आजकल पढ्न छोडेकी छेस् छोरी, म्याथ कमजोर छ,टिउसन गइस भने एस एल सीलाई पनि सजिलो हुन्छ।"

मैले भने त्यो खत देखाएर सोधेँ,

"यो के भएर भको तपाईँलाई थाहा छ?"

आमाको मौनताले धेरै कुरा वोल्यो। मैले थप प्रश्न राखिन।

************** **************** ******************** **************** ***********

मलाई याद छ , उ म्याथको टिउसन पढ्न गएकी थिई।म स्कुलको सम्झनामा फर्केँ।

************* ********************* ***************** ***************** *********

"म म्याथको टिउसन लिन जाँदैछु। तिमी पनि पढ्छौ म सँगै?" सुधाले एकदिन अनायसै मलाई सोधी।

मैले सोचेँ मेरो वुवा नै म्याथ पढाउने! सोधेँ भने पनि दिनुहुन्न होला।

"सुधा त्यो सरले इंग्लिस पढाउँदैन?"

"मन छैन भने मन छैन भन न !" उ झर्किई।

तर उ सँगै पढ्न पाउने भए पनि मैले वुवा सँग सोध्ने आँट गर्न सकिन।

************ ************** *************** **************** ***************** *

सुधाको डायरी,पेज-१४

राजेश सरको घर करिव आधा घण्टाको दुरीमा थियो। ठूलो चारैतिर पर्खाल भएको।गेट खोल्दा चुइँय आवाज आउँथ्यो।कुनै भुत वंगलामा छिरे जस्तो। मैले फिलिमहरुमा देखेको थिएँ, भुत त्यस्तै ठाउँमा आउँथे।अनि गेट वाट छिर्ने वित्तिकै पर पुरानो घर देखिन्थ्यो। विचमा चार वटा नरिवलका वोटहरु। छेउ छेउमा आँपका रुखहरु। खै किन पढाउँथे यति ठूलो घरका मालिक। धेरै जसो डलर हाफ पायन्ट लगाएर वरण्डामै हल्लिरहेका हुन्थे राजेश सर। मलाई पर देखेपछि पहिला चश्मा मिलाउँथे।अनि भित्र छिर्थे। चश्मा लगाएर आफ्नो उमेर भन्दा धेरै वढी उमेरका देखिन्थे। नत्र त त्यहि पैँतिसको छेउछाउको हुनुपर्छ।उनकी श्रीमति कहिलेकाहिँ चिया खुवाउँथिन।कहिलेकाहिँ भने अरु नै काममा व्यस्त भएर होला चिया खान पाइन्न थियो।

घरमा आउँदा उहि पुरानो झगडा। मलाई त कहिलेकाहिँ टिउसनमै वसिदिउँ जस्तो लाग्थ्यो। शान्त ठाउँ । झैँझगडा नहुने।तर रिक्सावाला आइ हाल्थ्यो उसको समय हुनेवित्तिकै । म रिक्सा चढ्थे। साँझ नियाल्दै फर्किन्थेँ। औँशिको रातको अँध्यारो आकाश। पुर्णिमाको रातको उज्यालो आकाश।

राजेश सर कपिमा लेख्दा , "वुझेनौ के !" "वुझेनौ के! " भनिरहनुहुन्थ्यो। मलाई त्यसको उत्तर "बुझेँ !" मात्र भन्ने हो कि "बुझेँ के !" भन्ने हो मा सँधै कौतुहल हुन्थ्यो। एक दिन मलाई दिक्क लागेर मैले उत्तर फर्काएँ।

"सर मैले बुझिन भने म आफै भन्छु !"

राजेश सरले मलाई अचम्म मानेर मलाई हेर्नुभयो।त्यसपछि चुपचाप हिसाव गरिरहनुभयो। मैले अलि वढि नै बोलेँ कि जस्तो लाग्यो।

************* ************** *************** ************* ************** *******

"आज बाहिर वसेर पढौँ न सर, वरण्डामा !" वाहिर सिरसिरे वतास चलिरहेको थियो। किन किन मेरो मनले पनि खुला आकाश खोजीरहेको थियो।

"हैन नजाउँ त्यहाँ !" सटिक रुपमा मेरो आग्रह नकारियो।

म चुपचाप बसेँ।मलाई रिस उठ्नु नौलो थिएन।मलाई धेरै विषयमा रिस उठ्थे। अथवा भनौँ स्वभाव नै चिडचिडे भइसकेको ! दुइवटा हिसाव गरेपछि राजेश सरले " ल जौँ !" भन्नुभयो। मलाई थाहा थिएन मेरो अँध्यारो अनुहारमा यति धेरै तागत छ भनेर। वाहिर साठी वाटको पहेँलो रंगको वल्व थियो। झ्याउँकिरीको आवाज वरिपरिबाट आइरहेको। मच्छड भुन भुन गरिरहेका।

"यहि भएर मैले वाहिर नआउँ भनेको " हातले अर्को हातमा वसिरहेको मच्छर मार्दै राजेश सरको असन्तुष्टी पोखियो।

"तिनीहरुलाई पनि त खाना चाहिन्छ।" म खिस्स हाँसिदिएँ।कहिलेकाहिँ मुस्कान सवैभन्दा ठूलो उत्तर वन्छ। फेरि प्रश्नहरु आएनन्। मेरो लेख्दै गर्दा हातमा बसेको मच्छड बरु राजेश सरले मारिदिनुभयो।रगतको रातो दाग वस्यो मेरो हातमा।अनि राजेश सरको हातमा।

********************* ****************** *************** ***************** ***

भोलिपल्ट एउटा टेवल वरण्डामा नै राखिएको थियो। अनि दुइवटा कुर्सीहरु।

"आज वुढी छैन, कोठा मिलाएको छैन । तिमीलाई मच्छड पनि मन पर्छ। वाहिरै वसौँ।" पहिलो चोटी जिस्केको सुने मैले।

म कपि खोलेर वसेँ। नजिकै भएकोले होला,मैले लेख्दा पनि राजेश सरको शरिर छोइरह्यो। राजेश सरले आज पनि डलर हाफ पायन्ट लाउनु भएको थियो। घुँडामा मच्छडले खाइरहेकै थियो।मैले प्याट्ट हिर्काइ दिएँ।

"ऐया, के गरेको !"

"मच्छड, हिजोको वरावरी भयो।" म खितित्त हाँसे।

****************** *************  ****************** ***************** **********

आज किन किन पढाइमा मन लागेन।

"सर आज चिया पाइन्न है?" मैले आंग तन्काउँदै सोधेँ।

"कसले बनाउँछ आज चिया!"

"म बनाउँ त ?"

"तिमीलाई आउँछ र?"

"मलाई म्याथ्स बाहेक धेरै चिज आउँछ।"

म चिया पकाउन भित्र छिरेँ। चियारंग को डव्वा भेट्टिएन।

"सर चियारंग भेट्टिएन।" म कराएँ।

हर्दिको कुनामा राखिएको चियारंग झिकीसकेपछि मैले दिउरेमा चियारंग हालिदिएँ। हामी दुवै चिया उम्लिने प्रतिक्षामा दिउरेलाई नियालिरहुँ।

"तँपाइको बिहे भएको कति भयो ?"

मैले अनायसै प्रश्न राखेँ।

"चार वर्ष ! किन?"

"त्यत्तिकै !" मैले डाडुले चिया चलाएँ।

"तिमीलाई त साँच्चै चिया पकाउन आउँदो रहेछ।"

"मैले भनेको हैन। मलाई धेरै कुरा आउँछ भनेर " चिया भक भक उम्लिरहेको थियो। दिउरेवाट कहिले पोखिउँ भएर। म डाडुले चलाएर चियालाई थुम्थुम्याउँदै थिएँ।

"अरु के के आउँछ त ?" अचानक सरको हात मेरो फ्रकको तलवाट घुस्रियो। मेरो तिघ्रामा मैले स्पष्ट औँलाहरु सलवलिरहेको अनुभव गरेँ। अचम्म मानेर म सर तिर फर्केँ। चुपचाप।पसिना,पसिना भएँ।मैले हात हटाउन आफ्नो हात तल लगेँ। तर मेरो हातमा किन किन वल थिएन। मेरो ओठ पनि विस्तारै वन्द गरिदिनुभयो सरले। आफ्नो ओठले।दिउरेको चिया पोखियो।किचनभरी...

 

 

Read Full Discussion Thread for this article