Posted by: Fuel Tank September 5, 2014
अन्जु पन्त ले "हिन्दु गीत" नगाएर बेठिक गरिन् ?
Login in to Rate this Post:     0       ?        
सन्दर्भ : अन्जु पन्त ले "हिन्दुवादी" भनेर गीत गाउन अस्विकार गरेकी र भएको बिरोधको बारेमा |
****************************************
केहि समय अघिको कुरो हो, घरमा पार्टी थियो | टन्नै पाहुना हरु हुनुहुन्थ्यो घरमा, अनि बियर सकियो | अतिथि देबो भव : पाहुनालाई त्यसै घर फर्काउन त भएन, नजिकै को ग्यास्टेसन गएँ | बियर सकिएको रैछ | त्यसपछी वाल्ग्रिन्स गएँ | हातमा २४ प्याक बियर बोकेर काउन्टर अगाडी उभिएँ | बुढी बुढी आईमाई बुर्खा लगाएर काउन्टरमा बसेकी थियिन | मेरो हातमा बियर देखेपछी उनले अर्को खैरेलाई बोलाईन र त्यसले मलाई बियर बेच्यो | मैले सोधें : "किन ?"
उनले भनिन् : "मेरो धर्ममा रक्सि खानु हुँदैन , त्यसैले मैले छुन्न |"
अनि मैले सोचें, ये हो त "फ्रीडम अफ रिलिजन" |
********************
नेपाल धर्म निरुपेक्ष भयो भनेको होइन ? अनि यो सबै बिरोध किन ? होला, अन्जु पन्तले भर्खर भर्खर धर्म परिवर्तन गरिन, त्यसैले नयाँ जोगी भईन , खरानी धेरै धसिन | तर यदि नेपालको कागजमा लेखेको कानुनकै कुरा गर्ने हो भने, अन्जु पन्त ठिक छिन् | "फ्रीडम अफ रिलिजन" भनेको आफुले चाहेको धर्म रोज्न पाउनु मात्र होइन, आफुले राखेको आस्थामा चोट नपुग्ने गरी मान्न पाउनु पनि हो |
कि भनि नेपाललाई फेरी हिन्दु राज्य घोषणा गरेर बाँकी धर्मलाई बस्नै दिनु हुँदैन , होइन भने धर्म निरुपेक्ष हो पनि भन्नि, अनि एउटा क्रिस्चियनले गरेको कुरालाई हिन्दुले बिरोध गर्ने चाहिं सुहाएन |
************************
अब आस्थाको कुरा गर्दा, उनको वाक्यले हिन्दुको आस्थालाई चै चोट लागेन भन्ने तर्क हरु अवश्य आउंछन् तर यो बहस भनेको क्रिसचियनले गाई काट्न हुने कि नहुने भनेको जस्तै कुरा हो | सबै गाउँलेलाई ढोल पिटेर पो काट्न भएन, उनीहरुलाई काट्नै पर्ने हो भने वरिपरिका गाउँलेलाई नदेखाई, आफ्नै चार पर्खाल भित्र काट्न पाउनु पर्छ | उनले एउटा स्टुडियो भित्र दुई- चार जनाको बिचमा भनेको कुरालाई बाहिर ल्याएर यसरी बिरोध गर्नु चाहिं मलाई ठिक लागेन | तरै पनि उनले त्यसो नभनेको भए चै हुन्थ्यो |

*******************************
अन्त्यमा, आफ्नो व्यक्तिगत बिचार यहाँ राख्दै फेरी पनि साझामा उपस्थिति जनाउँछु | सबै नयाँ-पुराना ब्रो हरुलाई नमस्कार :)
Read Full Discussion Thread for this article