Posted by: nepalilaure September 5, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
how about Mahadev Nilasha sister. Mahadev, i mean 'the god of all gods'.
महादेवको भक्ति गर्दैमा लोग्नेको खुट्टाको पानि खानु पर्छ भनेको होइन तर 'धर्म र एस्लाई अपनाउने क्रममा चलि आएका चलन र लामो समयपछि संस्कृतिको रुप लिएका कुरालाई नारी-पुरुषको चेतना बिकसित हुदै गरेको अहिलेको समाजमा ति कुराहरु साचिकै असमानताका सूचक हुन् कि होइनन भन्नलाई कस्तो background को मान्छे संग कुरा गर्दैछु भन्ने कुराले प्रभाब पार्छ |

धर्मलाई अफिम ठान्ने हिसिला यमी जस्ता दिदीले यो चलन घोर असमानता सूचक छ भनिन भने, त्यो पुरै धार्मिक आस्था संग जोडिएर आउछ | तर कुनै दिदि-बहिनि सामान्यता शिव-भक्त भए पनि यो चलन चै समय-सपेक्श्च्या छैन, बरु एसले महिला अझ पिडित हुन्छन भन्ने सोचाइमा भए अर्कै खालको कुरो हुन्छ | तपाई कस्तो खालको पर्नु भो , तेसै जान्न मन लगेर सोधेको नि |

हुनत महादेव र कृष्ण जी लाइ पनि व्यभिचारी ठान्ने जमानामा स्वास्नी कुट्ने लोग्ने पनि नभएका होइनन | तर बिकसित समाजमा (कमसेकम पढेलेखेका महिलालाइ भनेको ) आ-आफ्नो राजीखुसीले चाडपर्ब मान्ने तरिका लाइ बिरोध गरेर हामी अल्लि असहिस्सुड़ा त भएका छैनौ ??

अझै पनी घरमा बिहान हजुर बा /हजुर आमाले बिहान पुजा गरेपछि नातिनीलाइ टिका लगाएर गोडा नाधोगे सम्म खाना खादैनन् | हुनत यो सब गरेको बुढा/बुडी ले पुन्न्य कमौना हो - आफ्नै स्वार्थ ले हो | श्रीमतीले लोग्नेको गोडाको पानी खाने पनी पुण्य कमौना नै हो - त्यो पनी आफ्नै स्वार्थ हो |

तत् तेसरिपनि पुण्य कमाईइन्च भनेर भन्नु हुन्छ भने पुरै भौतिक बादी सोचाई भयो, विवाद गर्नु बेकार हुन्छ | 'भगवान हुन्छ कि हुन्न' भन्ने कुरामा विवाद गरे जस्तै हुन्छ , जसको कुनै अन्त्य छैन \
Last edited: 05-Sep-14 01:34 PM
Read Full Discussion Thread for this article