Posted by: daum September 4, 2014
एउटा पुरानो कविता भेट्टियो
Login in to Rate this Post:     0       ?        
उज्यालो खुला आकाशमुनी, आँखामा कालो पट्टी बाधिएको बेला
पट्टी खोलेर खुला आकाशको उज्यालोलाई नियाल्न खोज्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म मान्न तयार छु प्रिया हो म मुर्ख हुँ
तर मेरो मुर्ख्याइमा मलाई आफुप्रती कुनै गुनासो छैन।

= wari pari aadhyarochha aakha kholi herda... aadhyaro nai dekhinchha ni aakhan chimli herda.... (NARAYAN GOPAL)

सुन्दर संसार रचाएर तेही संसारमा रमाउने चाहना गर्नु,
अनी तेही चाहनाको सपना देख्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म कुनै सन्कोच बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ
र मलाई मेरो मुर्ख्याइप्रती कुनै सिकायत छैन।

=ma sansaar jitne aant gardai chhu... matra timi mero aas bani deu (SABIN RAI)

तिम्रो अधरको मुस्कानलाई आफ्नो शिरको तिलक सम्झेर
तेही तिलकको टिका लगाउनुलाई,
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म कुनै हिच्किचाहट बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ
अनी मेरो मुर्ख्याइप्रती मलाई कुनै सरम छैन।
=aadhar ko muskaan ta kehi haina... jaba timile jiwaan ma sajivta lyayaau... (DEEP SHRESTHA)

तिमी भन्छौ प्रिया तिम्रो सपना देख्न छोडिदेउ
बरु भनन प्रिया बाँच्ननै छोडिदेउ बरु त्यो सक्छु शायद
मनमा केबल तिमीलाई सजाइ, यदी तिम्रो सपनामा रमाउन खोज्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
फेरी पनि म भन्छु प्रिया मलाई मेरो मुर्ख्याइमा कुनै सरम छैन कुनै सन्कोच छैन ।

=bipana nabhai baachi dine .. ma bhitra kaa mera sapana +
baru bhani deu yo sapana ho... jo ho timro ani mero (NARAYAN GOPAL)
Read Full Discussion Thread for this article