Posted by: fucheketo September 4, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     4       ?         Liked by
Thank you -Ilam2008 bhai, ल यसपालि पनि चाँडै टाँसिदेको छु है ।
अन्य पढिदिनुहुने, मन पराइदिनुहुने सवै साझावासीलाई धन्यवाद,


कक्षा नौ:

आज क्लासमा एउटा नयाँ केटा आयो। अग्लो,पातलो गहिरो आँखा भएको।उसले चिटिक्क परेर शर्ट र पेन्टमा आइरन लगाएको थियो। कपाल तेर्सो तेल दलेर कोरेको थियो।आँखामा चश्मा पनि थियो।हाम्रो स्कुलमा सामान्यतय चश्मा लाउनेहरु छैनन्। शायद तेहि भएर होला हाम्रो स्कुलको एसएलसिमा राम्रो रिजल्ट आउन्न। सृष्टीले उसलाई हेरीरहि।

"कति हेरेकी?" मैले उसलाई चिमोटे।मेरो नंग लामो नै भए पनि उसले ऐया भनिन।उसको ध्यान त्यहि केटाले तानेको थियो।

"हेर न तँलाई हेरेको हेर्यै छ !" उ अझै त्यहि केटालाई नियाल्दै थिई।

"म त्यसलाई व्ल्याकवोर्ड जस्तो लाग्यो होला नि त !" म खितित्त हाँसे।

"प्रतिक अरे त्यसको नाम , त्यो हाम्रो म्याथ टिचरको छोरा अरे!"

"कति चाँडो सवै कुरा पत्ता लगाकी !" मैले पनि सृष्टीको आँखा चोरेर उसलाई हेरेँ। प्रतिक, अग्लो,पातलो गहिरो आँखा भएको....

********************** *********************** ********************* ******************

मैले एकैछिन उसको डायरी वन्द गरेँ। उ करिव पन्ध्र वर्ष अघिको कुरा डायरीमा लेखिरहेकी थिइ। जहाँ पन्ध्र वर्ष अघिको म थिएँ।जतिखेर म उ भनेपछि हुरुक्क हुन्थेँ।जतिखेर उ मलाई वास्तै गर्दिनथी।तर एकैछिन, वास्तै नगर्ने भएको भए त डायरीमा म नै हुन्नथेँ नी। हो मान्छेहरु उज्यालोमा आफुलाई लुकाउँछन्।मेरो बाल-नजरले पन्ध्र वर्ष अघीको उसको आकर्षण त देख्यो तर उसको म प्रतिको लगाव देखेन। मेरा प्रश्नहरुमा उसले दिने गरेका संक्षिप्त उत्तर हरु त सुन्यो तर ति उत्तर पछिको लामो मौनता सुनेन।उ अन्तर्मुखी थीई।कहिलेकाहिँ स्कुलको वँगैचामा क्लास सकिएपछि पानी हालिरहेको भेट्टाउँथे।मेरो वुवाको आँखा छलेर म उसको नजिक जान्थेँ अनि उसलाई सोध्थेँ।

"तिमीलाई फूलहरु धेरै मन पर्छ हो?

उ पानी हाल्न छोडेर आफ्नो उज्यालो अनुहार म तिर फर्काउँथी। उसको कपालले घाम छेक्दा उसको कपाल नै सुनौलो देखिन्थ्यो।उ प्रश्नको उत्तर प्रश्नले नै दिन्थी।

"किन तिमीलाई मन पर्दैन र?"

म खिस्स हाँसीदिन्थे,केहि वोल्दिनथेँ। तर मेरो मन मनमनै चिच्याउँथ्यो।

"मलाई त पुतली मन पर्छ।"

***************** ***************** ******************* ******************* *****

मैले डायरी फेरि खोलेँ,

प्रतिक काठमाण्डौमा पढ्थ्यो रे! उसको वुवाले सरकारी स्कुलका टिचरले  सरकारी स्कुलमैँ छोराछोरी पढाउनुपर्ने भनेर चर्को विरोध भएपछि उसलाई पढ्नलाई त्यो स्कुलमा लिएर आउनुभएको। अरुभन्दा धेरै टाठो।काठमाण्डौ वसेर होला। हाम्रो कक्षाको प्रथम विध्यार्थि भनाउँदो पनि प्रतिक आएपछि डराएको थियो। प्रथम हुनेले विधालयको जन्म जयन्तिको दिन अक्सफोर्ड डिक्सनेरी,एक दर्जन कपि र तिन हजार रुपैया पाउँथे। उसलाई त्यो गुम्ला भन्ने साह्रै डर थियो। वाहिर हल्ला पनि गर्थ्यो,

"अव त्यो म्याथ टिचरको छोरो, त्यसैलाई वनाउँछन् फर्स्ट,यसपालीको इक्जाममा पक्का धाँधली हुन्छ।"

तर प्रतिक केहि वोल्दैन थियो। सुनी मात्र रहन्थ्यो।प्रतिकको धैर्यता अचम्मको थियो।एकदिन उसलाई तिन चार जना केटा मिलेर ढकेलीदिए।म माथीवाट उसलाई हेरीरहेको थिएँ।उ धुलै धुलो भयो।उठ्यो। आफ्नो कुहिनामा लागेको धुलो पुछ्यो। पेन्ट सफा गर्यो। कलमा गएर पानी पेल्यो।त्यो पानीले मुख सफा गर्यो अनि कक्षामा आयो। कस्ले,किन के कारणले उसलाई लडाए सोध्दा पनि सोधेन।

म त्यो दिन कक्षामा उ भन्दा एक वेन्च अघी थिएँ।उसको र मेरो विचमा सृष्टी थीई। उसलाई एउटा चिर्कट्टोमा लेखेर पठाएँ।

"वुवालाई भन्देउ न, राम धुलाई खान्छन् तिनीहरुले !" उसले चिर्कट्टो पढ्यो, अनि मुसुक्क हाँस्यो। त्यसैको पछाडी केहि लेखेर फर्कायो।

"तिमी मलाई जहाँ पनि पछ्याइरहेको हुन्छ्यौ ?"

मैले फेरि चिर्कट्टो मा लेखेर फर्काएँ

"पर्या छैन कसैलाई पछ्याउनलाई !"

उसले फेरि चिर्कट्टोमा लेखेर फर्कायो।

"ठिकै भन्यौ, मैले पो त तिमीलाई पछ्याउने !"

म खितित्त हाँसे।सरले पछाडी फर्केर हेर्दै भने।

"आजकलका केटाकेटी जन्मिन पाको छैन, भुईँ खुट्टामा छैन, कति उरण्ठेउला..."

सृष्टीले मलाई फेरी चिमोट्दै भनी,

"अव तिमीहरुको लवलेटरहरु म ओसारपसार गर्न सक्दिन, उही सँग गएर गफ गर न !"

************** *************** *************** **************** *****************

मैले फेरि डायरी वन्द गरेँ।त्यतिखेरको मुस्कान यतिखेर पनि मेरो अनुहारमा छाएको थियो।सम्झनाहरु भनेको सम्पत्ति नै हुन।नत्र अहिले एक्लै हुँदा मुस्कान किन्न त लाखौँ खर्च गरे पनि सकिन्न।ति कागजका चिर्कट्टाहरु जस्तै सम्झना पनि ओसारपसार गरिरहन पाए। समयमा ओहोरदोहोर गर्न पाए,अहिले म त्यहि कक्षाकोठामा जानेथिएँ। अनी सृष्टीलाई यो क्लासभरी तिमी मेरो ठाउँमा वस म तिम्रो ठाउँमा वस्छु भनेर भन्ने थिएँ होला।उ मान्थि कि मान्दिन थी होला?

त्यो दिनको कुरा सुधालाई थाहा छैन। ति केटाहरुले मलाई "सुधालाई हेर्ने वाहेक अरु काम छैन?" भनेर सोधेका थिए।मैले केहि पनि जवाफ फर्काइन।त्यसपछि तिनीहरुमध्येको वलियोले मलाई ढकेलिदियो। म हावाले उडाउने पातलो मान्छे, उसको हातले ठेलेपछि तिन वित्ता टाढा पुगेर वल्डंग पछारिएँ।तिनीहरु मध्येकै अर्कोले चिच्यायो,

"ओइ यो त त्यो म्याथ पढाउने भुँडेको छोरो ,अफिसमा लगेर कुट्छ वाउले, छोड्दे यसलाई!"

उनीहरु त्यसपछि आफ्नो वाटो लागे। म विस्तारै उठेँ।यताउति हेरेँ,अनि कलमा गएर मुख धोएँ।माथिवाट सुधाले हेरीरहेको पनि थाहा पाएको थिएँ, तर थाहा नपाएझैँ गरेँ।उसका आँखा मलाई पछ्याइरहे।उसको हेराइमा पनि मैले स्पर्शको आभाष पाएँ।

 

 

 

 

 

Read Full Discussion Thread for this article