Posted by: cybernepali August 29, 2014
अमेरिकाद्धारा नेपाली राष्ट्रिय झण्डाको घोर अपमान भिडियाे सहित
Login in to Rate this Post:     0       ?        
३५ हजार भन्दा बढी नेपालीहरुले एकै ठाउँमा भेला भई नेपालको राष्ट्रिय झण्डाको आकार निर्माण गरेर गिनिज बुकमा नाम दर्ता गराउँन पहल चलिरहँदा अमेरिकाले भने नेपालको राष्ट्रिय झण्डाकै खिल्ली उडाइएको छ ।अमेरिकामा सञ्चालित एक टेलिभिजन शोका सञ्चालकले नेपालको खिल्ली मात्र उडाएका छैनन्,घोर अपमानित गर्ने दुष्प्रयास समेत गरेका छन् । 

सहयात्रीलाई प्राप्त युट्युब फुटेजमा ती प्रस्तोताले नेपाली झण्डाको खिल्ली उडाउँदै भनेका छन्–यो कस्तो आकारको झण्डा हो ? के नेपालीहरुलाई त्रिभुज कस्तो हुन्छ ? भन्ने पनि थाहा छैन ?

यतिमा मात्र सीमित छैन । ती प्रस्तोताले नेपालको विशेष गरेर नेवार समुदायमा जीवित कुमारी प्रथाका बारेमा पनि खिल्ली उडाइएको छ । नेपालका हिन्दू धर्मावालम्बीहरुले जीवित बालिकालाई देवता सम्झेर पूजा गर्छन् । जीवित बालिका पनि देवता ? भन्दै त्योसँगै दुई अर्धनग्न युवतीका तस्वीर राखिएको छ ।

यस्तै अमेरिका लगायत अधिकाँश देशहरुमा मासुको स्रोतको रुपमा रहेको याक अर्थात गोरुलाई पनि नेपालीहरुले पूजा गर्छन् भनेर हाँसोमा उडाइएको छ । विभिन्न क्षेत्र र विषयका बारेमा खिल्ली उडाउँने उक्त कार्यक्रमको उदेश्यभ ए पनि नेपालीहरुले भने उक्त कार्यक्रम र प्रस्तोताको हर्कतबाट आपमानित भएको महसुस गरेका छन् । त्यसैले उक्त भिडियो माथि थुप्रै नेपालीहरुले कडा आपत्ति जनाएका छन् ।

https://www.youtube.com/watch?v=qV7xsGIMleU


http://khabarpana.blogspot.com/2014/08/blog-post_529.html
Last edited: 29-Aug-14 01:48 PM
Read Full Discussion Thread for this article